धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध सिन्धुपाल्चोकको गौराति भीमेश्वर मेलाको चहलपहल सुरु भएको छ । कात्तिक पूर्णिमाको दिनदेखि सुरु भई तीन दिनपछि सकिने उक्त मेला भर्न देशका विभिन्न जिल्लाबाट ठुलो सङ्ख्यामा भक्तजन आउने भएकाले यसलाई जिल्लाकै लामो मेलाका रूपमा मानिएको हो ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएका हालसम्मका अधिकांश अध्ययन प्रतिवेदनले तल्ला कक्षाका तुलनामा माथिल्ला कक्षाका उपलब्धि झन् कमजोर रहेको देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आफ्नो सेवालाई प्रभावकारी बनाउन क्युआर कोड प्रयोगमा ल्याएको छ । प्रहरी सेवालाई थप आधुनिकीकरण गर्दै नागरिकका गुनासो तथा सुझाव यथाशीघ्र सम्बोधन गर्न क्युआर कोड प्रचलनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नेपालगन्जमा अखाद्य बस्तुको बिक्री रोक्न कडाइ सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरमा लेवलिङ नगरिएका, म्याद गुज्रेका र अखाद्य बस्तुको विक्री भइरहेको स्थानीयको गुनासोपछि नेपालगन्ज उपमहानगरले कडाइ गरेको हो ।
धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ । दृश्यावलोकन, धार्मिक र ऐतिहासिक स्थल गाजने प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो ।
म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले एभर्टनलाई उसैको मैदानमा ३–० गोलले हरायो ।
कर्णाली प्रदेश सरकारकाे बजेट कार्यान्वयन विगतको तुलनामा कमजोर बनेको छ । चालु आर्थिक वर्ष (२०८०–०८१) मा सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो ।
विद्यमान इजरायल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई तीव्रता दिइएको प्यालेस्टिनी स्रोतले आइतबार बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय भएको बताउनुभएको छ ।
गायिका तथा नेकपा (एमाले) का नेता कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपियाँको अक्षय कोष स्थापना गरेको छ ।
वडा कार्यालयले विद्युतीय मिटर जडान गर्न आनाकानी गर्दा विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रले सडकबत्ती (टावर लाइट) को लाइन काटेपछि वडावासीलाई समस्या परेको छ ।
सामाजिक सुरक्षा कोष छैठौं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसर पारेर कोषले सोमबार विशेष कार्यक्रमको आयोजना गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कोषले विशेष कार्यक्रमको आयोजना गरेको हो ।
भूकम्पबाट प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा अस्थायी टहरा निर्माणमा पाल्पाबाट गएको टोली खटिएको छ । गत मङ्सिर ५ गतेदेखि नै रुकुमपश्चिमको आठबिस्कोट नगरपालिका –१३ घेत्मामा पाल्पाबाट गएको टोलीले अस्थायी घरटहरा निर्माण गरेको हो ।
भौतिक पूर्वाधारको अभावमा नर्सिङ पढाइमा समस्या देखिएपछि नेपालगन्जमा करिब एक करोडको लागतमा ६ कोठे आधुनिक भवनको निर्माण गरिएको छ ।
दाङको देउखुरीमा कुलोमा खसेर एकजना पुरुषको मृत्यु भएको छ । राप्ती गाउँपालिका–७ अर्नहनपुरस्थित जोकही कुलोमा खसेर छोट्की सिसहनियाँ निवासी ४१ वर्षीय पृथ्वी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।