महर्षि धनञ्जयको बारेमा थप अध्ययन तथा खोज गरिने भएको छ । राजधानीमा आयोजित धनञ्जय गोत्रीहरुको भेलाले नौ बुँदे घोषणापत्र जारी गर्दै सो कुरा जनाएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद् आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक समृद्धिका लागि सुशासन अनिवार्य रहेको बताउनुभएको छ । दुर्लुङ समाज पोखराको दोस्रो साधारण सभा तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग कालीकोटका गाउँहरूमा फैलिन सुरु भएको छ । जिल्लाको रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका र सान्नित्रिवेणी गाउँपालिकाका पुशमा लम्पी स्किन रोग फैलिएको छ । हावाको माध्यम र विरामी पुशहरुको लसपसबाट माहामारीका रुपमै फैलिएको यो रोगबाट जिल्लामा छोटो समयमै १० देखि १५ वटा गाई गोरु मरिसकेका छन् ।
धनकुटाको चौविसे गाउँपालिका ५ बोधेस्थित जङ्गलमा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।
बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलवारी) मा साहसिक खेल मानिने 'स्काई साईक्लिङ' सुरु भएको छ ।
धनुषाको बटेश्वर गाउँपालिका–४, मा रहेको शिवशक्ति नमूना माध्यमिक विद्यालयको पठनपाठन एक सातादेखि ठप्प छ ।
आगामी जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् ।
आगामी जेठ १२ गतेबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत ‘जाउ न आउ’ सार्वजनिक भएको छ । गीतमा युशिन राईको स्वर तथा शब्द र प्रयत्न श्रेष्ठको सङ्गीत छ ।
पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौँसहित देशका केही स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ ।
अष्ट्रेलियामा क्रियाशील पत्रकारले समाजको यथार्थ सूचनालाई सही ढङ्गले सम्प्रेषित गरुी समाजलाई सुसूचित गर्ने कुरामा जोड दिएका छन ।
शीर्ष नेताको बैठक आइतबार बिहानदेखि बालुवाटारमा सुरु भएको छ ।
आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन् ।