मिटरब्याजीविरुद्ध उजुरी दिनका लागि जिल्ला प्रशासन कार्यालयमा अहिले भिड बढेको छ। अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले आवेदन माग गरेपछि उजुरी दिने पीडितको सङ्ख्या थपिँदै गएको हो।
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको तयारी थालिएको छ। कार्यव्यवस्था परामर्श समितिले आगामी जेठ ४ गते चालु अधिवेशनमा पहिलो प्रश्नोत्तरको तयारी गरेको छ तर सोही दिन प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले समेत विशेष समयमा बोल्ने यसअघि नै घोषणा गर्नुभएकाले औपचारिक टुङ्गो भने भएको छैन। एमाले अध्यक्ष ओलीले विशेष समय नलिएमा जेठ ४ गते नै प्रश्नोत्तर हुने छ। एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अध्यक्ष ओलीले बोल्ने तयारी भए पनि औपचारिक रूपमा टुङ्गो नलागेको बताउनुभयो। यसअघि सङ्घीय संसद्को पहिलो कार्यकालमा पनि एक पटक मात्र प्रश्नोत्तर भएको थियो। प्रधानमन्त्रीलाई सांसदले प्रत्यक्ष रूपमा प्रश्न गर्न पाउने नियमावलीको व्यवस्था अनुसार तत्कालीन प्रधानमन्त्री ओलीसँग एक पटक प्रश्नोत्तर भएको थियो।
बङ्गालको खाडीमा विकसित भएको ‘मोखा’ चक्रवातको असर नेपालको मौसममा परेको छ । गत बुधबार सिर्जना भएको चक्रवातको असरले आइतबारदेखि कतिपय स्थानमा वर्षा सुरु भएको छ भने यो क्रम आगामी तीन दिनसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझी बुढानीलकण्ठबाट पक्राउ पर्नुभएको छ ।
भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भीषण आगलागी भएको छ ।
ताप्लेजुङमा आमाको दूधले सर्केर एक नाबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका –२ आम्बेगुदिनका कृष्णबहादुर विष्ट र हिमादेवी कटुवाल विष्टकी दुई महिने नाबालिका छोरीको दूधले सर्किँदा मृत्यु भएको हो ।
बाँकेको बैजनाथ गाउँपालिका –८ हस्नापुरका टिके दमाई उमेरले ७१ बर्ष पुग्नुभयो । सानैदेखि पञ्चेबाजा तथा नौमती बाजामा रुची राख्ने दमाईसहित २३ जनाको समूहले परम्परागत बाजागाजाको संरक्षण गर्दैआएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका किसानलाई कृषिऔजार बितरण गरिएको छ । नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा पशुपालक फर्म तथा कृषकलाई साना कृषिऔजार बितरण गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताउनु भएको छ।
मुक्त घोषित भएका तर पुनःस्थापना हुन बाँकी मुक्त कमैया, कमलहरी, हलिया तथा हरवाचरवा प्रतिनिधिले पुनःस्थापनाको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।
हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहे गााउँ ।
कैलालीमा एक साताको अवधीमा दुई जना गर्भवती–सुत्केरीको ज्यान गएको छ । गौरीगंगा नगरपालिका वडा ८ कि २० वर्षीया हिरा चौधरीको गत बुधबार र सोही नगरपालिकाको वडा २ कि ३५ वर्षीया सरला तुलाधरको आज मृत्यु भएको हो ।
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले अहिले काठमाडौं उपत्यकामा हावाहुरीसहित पानी परेको छ।
वि.सं. २००२ सालमा स्थापित नेपालको दोस्रो स्कूल शान्ति निकुञ्ज माध्यमिक विद्यालयको पूर्व विद्यार्थी संघको २५ औं स्थापना दिवस मनाइएको छ । पूर्व विद्यार्थी महारथी प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मोती शोभा श्रेष्ठ, इन्द्रमान रञ्जित, ललिता देवी, पुष्प बहादुर चित्रकार, शिवबहादुर नेपाली प्रधान, सुमित्रा मानन्धरलगायत करिब २० जना जेष्ठ पूर्व विद्यार्थीलाई सम्मानित गरिएको थियो ।