प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै हुनुहुन्छ ।
समूह ‘डी’ अन्तर्गत पोखरा रङ्गशालामा सोमबार भएको खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई एक सय १० रनले हरायो ।
कपिलबस्तुको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न भक्तजनको घुइँचो लागेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अग्रगामी समाज बनाउन महिलाको भूमिका सशक्त तथा महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
नेपाल चिकित्सक सङ्घद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र’ विषयक अन्तरक्रियामा सांसद थापाले स्वास्थ्य बीमा असफल हुन लागेकामा चिन्ता व्यक्त गर्दै प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यक रहेको बताउनुभयो ।
यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा आज दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ को बिन्दुमा कायम भएको छ ।
दुर्घटना गर्ने ट्याङ्कर चालकलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै नेपालगन्जको धम्बोझी चोकमा मृतकका परिवार तथा आफन्तले सडक अवरुद्ध गरेका छन् ।
काडिजलाई उसैको मैदानमा हराउँदै रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियलले काडिजलाई ३–० गोलले हरायो ।
सभामुख देवराज घिमिरेले संसद् र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्नका लागि सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको बताउनुभएको छ ।
गाउँका डाक्टर उपाधि पाउनुभएका रास्कोट –१ का नमराज शाहीको निधनले गाउँ शोकमग्न बनेको छ । आइतबार उहाँको निधन भएपछि गाउँवासी शोकमग्न भएका हुन् ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विपन्नलाई निःशुल्क कानुनी सहायता कार्यक्रम यसै आर्थिक वर्षबाट कार्यान्वयनमा आउने बताउनुभएको छ ।
गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइएको छ र यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । देशमा अब राजतन्त्र नफर्किने उहाँको भनाइ छ ।
डेभिस कप टेनिस प्रतियोगिताको उपाधि इटालीले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा अस्ट्रेलियालाई २-० ले हराउँदै इटाली ४७ वर्षपछि भिस कप च्याम्पियन बनेको हो ।
गाउँपालिका केन्द्र सर्केगार्डमा सञ्चालन भएको सर्केगार्ड गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिमज्योति मावि विजयी भएको छ । गाउँपालिकाका चार माविबिच भएको सो प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण पदक जितेर हिमज्योति मावि पहिलो भएको हो ।