पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा उदघाटन गरिएको पृथ्वीनारायण शाहको सालिकमा श्री ५ लेखेर अनावरण गरिएको सालिककाे शिलालेख हटाइएको छ ।
पश्चिमी वायुको प्रभावले सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन अमेरिकी राष्ट्रपति जो बाइडेनले गुमाउने एक अमेरिकी अधिकारीले आइतबार बताएका छन् ।
महोत्तरीसहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व आज समापन गरिँदैछ । दाजुभाइ–दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व आज ११औँ दिनमा समापन हुन लागेको हो । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खर्नाका दिनदेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाका दिन समापन गरिने मैथिल परम्परा रहेको छ ।
कालीकोटको रास्कोट नगरपालिकामा कार्यरत अध्यापन अनुमतिपत्र बिनाका शिक्षकले अध्यापन गराइरहेका छन् । नगर प्रमुख धर्मराज शाहीको जोडबलमा नियुक्त भएका अध्यापन अनुमतिपत्र बिनाका शिक्षक अध्यापन जारी राखेका हुन् ।
सुनसरीको रामधुनी नगरपालिका तत्कालीन उपप्रमुखसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहतस्वरुप नगद वितरण गरिएको छ । कूल ४७ जना मृतक परिवारले यसअघि नै नगद प्राप्त गरे पनि कागजात मिलाउन बाँकी सात जना मृतकका परिवारले नगद प्राप्त गरेका हुन् ।
सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको यो ताल पर्यटकीय गन्तव्यसँगै यस आसपासका सर्वसाधारणको समृद्धिको महत्वपूर्ण आधार बन्दै गएको छ ।
समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा पर्ने केभहिल बेनी नगरपालिका ५ पुलाचौरमा पर्छ ।
जिल्लाको तलकोट गाउँपालिका–६ का स्थानीय महिलाले गाउँघरमा खेर गइरहेको अल्लो प्रशोधन गरी अल्लोको धागो र अल्लोको कपडा बनाई आयआर्जन गर्न थालेका छन् ।
अर्जुनचौपारी गाउँपालिकाले प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव गर्ने भएको छ । पालिका बनेको सातौ वर्षमा गाउँपालिकाको खेल मैदानमा पहिलो राष्ट्रपति कप मङ्सिर १९ देखि २२ गतेसम्म सञ्चालन हुने छ ।
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको छ ।
झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन् । कमल–४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्क अनुसार कात्तिक महिनामा स्थलमार्गबाट ७३ हजार आठ सय ७९ आन्तरिक र पाँच हजार ५ सय ४ जना बाह्य पर्यटकहरुले मुस्ताङ भ्रमण गरेका छन्।
उत्तर कोरियाले एउटा जासुसी उपग्रह प्रक्षेपण गरेपछि कोरिया प्रायद्वीपमा तनाव उत्पन्न भएको छ ।