नेपाल प्रेस यूनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल निर्वाचित हुनुभएको छ । बुटवलमा शुक्रबार सम्पन्न २१ औं साधारणसभा तथा ९ औं अधिवेशनले नेपालको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका –७ बल्डेङगढी जोगदमारबाट श्रीमतीसहित छोरी बेपत्ता भएको भन्दै तुलवहादुर गाहाले श्रीमती र छोरी खोजी गरिदिन आग्रह गर्नुभएको छ । गाहाले वैशाख २८ गते विहीवार विहान साढे १० बजेतिर २२ वर्षीया श्रीमति यमकली गाहा मगर, ६ बर्षीया छोरी पुनम गाहा मगर घरबाट रुपन्देहीको सालझण्डीतर्फ हिँडेको स्थानीयले देखेको भन्दै अहिलेसम्म सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।
वीरगंज युनाइटेड धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगीताको सेमिफाइनल प्रवेश गरेको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले बिकासका योजना छनौटमा पक्षपात गर्न नहुने बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका –७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।
राष्ट्रिय पुरुष ‘वीच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पाल्पाको रानीमहलमा शनिबार सम्पन्न फाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २–० को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि दौडमा रहेको चर्च ब्वाइजलाई विभागीय टोली त्रिभुवन आर्मी क्लबको धक्का लागेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले चर्च ब्वाइजलाई १-० गोलले हरायो ।
नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नै नभएको स्पष्ट पारेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ।
थारु समुदायका सबैले वङ्शाणुगत रोग सिकलसेल एनिमियाको परीक्षण गराउनुपर्ने चिकित्सकको जोड रहेको छ । यो समुदायमा बढी मात्रामा देखा परिरहेको सिकलसेल रोग रोकथामको लागि सबैले यो रोगको परीक्षण गराउनु पर्ने सुझाव दिइएको हो ।
नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप (एएसी)ले सञ्चालन गर्ने एएसी एकेडमी प्रशिक्षणमा सहभागी हुन अस्ट्रेलिया प्रस्थान गर्नुभएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
बिहीबार भद्रकाली परिसरबाट सूर्य अस्ताउँदै गर्दा शहीद गेट र धरहरालाई फ्रेममा राखेर कैद गरिएको दृश्य
बाजुराका अधिकांश गाउँबस्तीका स्थानीयले भुकम्पबाट बच्न भन्दै घरको छानामा रहेको सिलेट हटाउँदै जस्तापाताले छाउन थालेका छन् । पछिल्लो समय बाजुरामा पटक पटक भुकम्पको धक्का महशुस हुँदै गएपछि यहाँका स्थानीयले भुकम्पबाट जोगिन छानामा रहेका सिलेट हटाएर कर्कट पाताले छाउन थालेका हुन् ।
यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले आज (शनिबार) दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।
नेपाल ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा कृष्णबहादुर केसी चयन हुनुभएको छ । युनियनको सम्पन्न सातौँ जिल्ला अधिवेशनले केसीलाई अध्यक्षमा चयन गरेको हो ।