गर्भावस्थादेखि आठ वर्षसम्मको उमेरलाई प्रारम्भिक बाल्यावस्था भनिन्छ । यस उमेरका बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, भाषिक र संवेगात्मक पक्षको समष्टिगत र सन्तुलित विकास प्रक्रियालाई प्रारम्भिक बालविकास भनिन्छ । यो अवस्था मानव विकासको जग निर्माण हुने संवेदनशील र महìवपूर्ण अवस्था हो । मानव जीवनका यी सुरुवाती वर्षमा बालबालिकाको मस्तिष्क निर्माण र बौद्धिक विकास तीव्र हुन्छ भन्ने तथ्य विभिन्न अध्ययन तथा अनुसन्धानले देखाए
हिमालपारिको जिल्ला मुस्ताङ अवस्थित कोरला नाका नेपाल–चीन व्यापार तथा सहयोग विस्तारका लागि मात्र नभएर देशको सामाजिक, आर्थिक रूपान्तरणका लागि ‘गेम चेन्जर’ हुन सक्छ । चीनको तिब्बत स्वशासित क्षेत्रसँग सिमाना जोडिएका नेपालका १४ हिमाली जिल्लाका बासिन्दाका दैनिकीसमेत सिचाङ क्षेत्रका इलाकासँग जोडिएका हुँदा चीनसँगका विभिन्न नाका खुला गरिएमा नेपाल बहुपक्षीय दृष्टिले लाभान्वित हुनेमा सन्देह रहँदैन । विशाल चीनसँग सीमा जो
नवलपरासी [बर्दघाट सुस्तापूर्व] नवलपुरमा बजेट अभावले गण्डकी प्रदेश सरकारको लागतमा सुरु भएका खानेपानी योजना अलपत्र परेका छन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी योजना बजेट अभाव हुँदा अलपत्र परेका हुन् । आर्थिक वर्ष २०७५÷७६ मा निर्माण सुरु गरिएका योजनाले अझैसम्म पूर्णता पाउन सकेका छैनन् ।
इजराइल र हमासबिचको सङ्घर्षबाट हजारौँ मानिसको नरसंहार भइरहँदा मूकदर्शक बनेका शक्ति राष्ट्रको ध्यान अहिले कतारतर्फ केन्द्रित भएको छ । पछिल्ला वर्षमा कतारले आफ्नो छिमेकमा मात्र नभएर विश्वभरका शान्ति वार्तामा मुख्य भूमिका निर्वाह गरेको छ । हालै इजराइल र प्यालेस्टिनी विद्रोही समूह हमासबिच मैत्रीपूर्ण शान्ति वा
अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ नेपाल आवद्ध परिषद् ९आइटियुसी न्याक०ले जलवायु परिवर्तनको मुद्दामा श्रमिक सङ्गठनहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् ।
कर्णालीका पहुँच मार्ग निर्माणमा ढिलासुस्ती भइरहेको छ । राष्ट्रिय गौरवका रूपमा रहेका ती सडक हालसम्म पनि निर्माणकै क्रममा छन् । केही निर्माणको अन्तिम चरणमा छन् भने केहीको ट्र्याक खोल्ने काम भइरहेको छ । ‘लाइफलाइन’ कै ट्र्याक खोल्न ढिलासुस्ती कर्णाली प्रदेशकै ‘लाइफलाइन’ का रूपमा हेरिएको कर्णाली कोरिडोरको ट्र्याक खोल्ने काममा ढिलासुस्ती भएको छ । एक दशक बितिसक्दा पनि ट्र्याक निर्माणकै काम सकिएको छैन । कोरिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सिमकोटसम्म २६८ किलोमिटर सडकखण्ड निर्माणमा ढिलासुस्ती भइरहेको छ । यो खण्डमा २४ प्रतिशत भौतिक प्रगति भएको छ भने हालसम्म २० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । २६८ किलोमिटर सडकमध्ये २६६ किलोमिटर ट्र्याक खोल्ने काम सकिएको हिल्सा–सिमकोट सडक आयोजनाले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्राविधिक शिक्षा पढेर विदेश जानु नपर्ने बताउनुभएको छ । उहाँले देशमा नै रोजगारीका थुप्रै अवसर रहेकाले प्राविधिक शिक्षा पढेर विदेश पनि जानु नपर्ने र बेरोजगारी भएर बस्नु पनि नपर्ने बताउनुभएको हो ।
भारत र सिक्किमसँगका सीमावर्ती क्षेत्रमा रहेका पर्यटकीय स्थलको प्रवर्धन गर्न भन्दै पाँचथरको फालेलुङमा महोत्सव आयोजना गरिएको छ ।
कात्तिक शुक्ल पूर्णिमाका दिन सिख धर्मावलम्बीले मनाउने गुरु नानक जयन्तीका अवसरमा उपराष्ट्रपति राम सहाय प्रसाद यादवले शुभकामना दिनुभएको छ ।
धनकुटा नगरपालिकाले सोमबार र मङ्गलवार सार्वजनिक बिदा दिएको छ । आठपहरिया जातिको मुख्य चाड वडाङमेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो ।
मोरङको रतुवामाई नगरपालिकामा सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । जग्गा कारोबारीमार्फत किनबेच भएको जग्गाको सिफारिस किर्ते देखिएपछि उनीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । स्थानीयले भने किर्तेमा जग्गाधनीको संलग्नता नरहेको दाबी गरेका छन् । प्रहरी नियन्त्रणमा रहेका पाँचै जना ६० वर्षमाथिका खेतीकिसानी गर्ने नागरिक हुन् । सात जनाको जग्गा बिक्रीका लागि दलालमार्फत प्रक्रिया अगाडि बढाइएको थियो । पक्राउ पर्नेमा रतुवामाई–४ का ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरियादेवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, पैखनलाल राजवंशी र ६४ वर्षीय कन्हारु राजवंशी छन् । बाँकी दुई जना गुञ्जीलाल र सनिता राजवंशी फरार सूचीमा रहेका छन् । उनीहरूविरुद्ध रतुवामाई नगरपालिका–३ का वडाध्यक्ष देवीलाल ताजपुरियाले
संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिले आइतबार सुनुवाइ सम्पन्न गरेसँग नाम नियुक्ति प्रक्रियाका लागि अनुमोदन गरेको हो । यद्यपि समिति सदस्यहरूले पौड्यालमाथिका उजुरीबारे थप अध्ययन गरेर मात्र अनुमोदनको पक्षमा लामो छलफल गरेका थिए । आगामी सुनुवाइदेखि सुनुवाइलगत्तै निर्णय नगर्ने समझदारीमा पौड्यालको नाम भने सर्वसम्मत अनुमोदन भएको हो ।
प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।