पाँचौँ संस्करणको ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा टेबल टेनिस प्रतियोगिताको मङ्सिर १२ देखि १६ गतेसम्म हुने भएको छ ।
जाजरकोट भूकम्पपीडितका लागि कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले पाँच लाख नगद सहयोग गर्नुभएको छ । भूकम्प प्रभावितका लागि अस्थायी घर निर्माणका लागि उहाँले सो सहयोग गर्नुभएको हो ।
सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समितिको आठौँ अधिवेशन तथा पाँचौँ विश्व सम्मेलनले २०२३/२५ का लागि बीरेन्द्रजंग केसी (अमेरिका) को अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
बाँकेमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ठगी गरेको जनाउँदै तीन हजार ३०० जनाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी नारायण डाँगीका अनुसार हालसम्म शिवशिखरविरुद्ध ठगीको उजुरी गरेकाहरूले ४८ करोड ७८ लाख ६४ हजार बिगो दाबी गरेका छन् ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार भने उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४७ दशमलव ७५ अङ्कले उकालो लागेर एक हजार नौ सय सात दशमलव ९५ मा पुगेको छ ।
भरतपुर महानगरपालिका–१२ मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन । यही मङ्सिर ६ गते बुधबार दिनको १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको कल्भटमुनि शङ्कास्पद रूपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो ।
दैलेखमा धान उत्पादन घटेको छ । समयमै वर्षा नहुँदा, लगाइएको धान खेतमै ढलेका कारण गतवर्षको तुलनामा धान उत्पादनमा कमी आएको छ । यस वर्ष आठ हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा २५ हजार २८ मेट्रिकटन मात्र धान उत्पादन भएको हो ।
मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारु छन् ।
सप्तरीको राजगढ गाउँपालिका ६ बाट अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ ।
पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।
हमास र इजरायलबीचको मानवीय युद्धविराम लागू भएपछि लेबनानको दक्षिणी सीमा क्षेत्रमा अनिश्चितकालीन शान्ति फर्किएको छ ।
पुनर्निर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ सर्वसाधारणका लागि कहिले खुला गर्ने विषय अझै अन्योल नै छ ।
छिमेकी उत्तर कोरियाको आणविक हतियार र मिसाइल कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले आइतबार पदबाट राजीनामा दिएको योन्हाप समाचार एजेन्सीले बताएको छ ।