विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको कोरोना महामारीका कारण शिथिल बनेको हेलम्बुको पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ। भूकम्पले पु¥याएको क्षतिको पुनर्निर्माण करिब करिब सकिएको छ। अहिले कोरोना महामारीको त्रास पनि छैन। निर्माणाधीन गे्रट टे«ल, हिमाली दृश्यलगायत ह्योल्मो, शेर्पा, तामाङ जातिको रीतिरिवाज, वेशभूषा, रहनसहन, कला संस्कृतिका कारण यस क्षेत्रमा पर्यटक आगमन बढेको हो। यस क्षेत्रका आमा याङ्ग्री, मेलम्चीघ्याङ, तार्केघ्याङ, शेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टोघ्याङलगायत हेलम्बुमा आन्तरिक र बाह्य पर्यटक भित्रिन थालेका हुन्।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–८ मा निर्माणाधीन आधारभूत स्वास्थ्य केन्द्रको भवन बजेट अभावमा अलपत्र परेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा निर्माण सुरु गरिएको स्वास्थ्य केन्द्रको भवन दुई वर्षदेखि काम अगाडि बढ्न नसकेको हो।
राजनीति, कानुन र साहित्यको माध्यमबाट नेपाली समाजका लागि योगदान पु-याउनुभएका प्रेमकृष्ण पाठकको जीवनीमा आधारित पुस्तक ‘अनेक आयाममा क्रान्तियोद्धा प्रेमकृष्ण पाठक’ लोकार्पण भएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वप्नवाटिकाद्वारा शुक्रबार राजधानीमा आयोजित समारोहमा पुस्तक लोकार्पण गर्नुभएको हो। उहाँले प्रेमकृष्ण पाठकलगायतका व्यक्तित्वले विभिन्न विधामार्फत निरन्तर योगदान पु-याएका कारण देशमा लोकतन्त्र, गणतन्त्रलगायतका परिवर्तन आउन सकेको बताउनुभयो।
एनपी मिडिया हाउसले बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाका लागि पहिलो पटक रियालीटी सो आयोजना गर्ने भएको छ। धादिङ, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, मन्थली, सिन्धुली, भक्तपुर र काठमाडौँमा चरणबद्ध रूपमा अडिसन गरिने भएको छ। नौ स्थानको अडिसनबाट छानिएका प्रतिभालाई काठमाडौँ ल्याएर डिजिटल अडिसन गरिने छ भने त्यसबाट छानिएकालाई रियालीटी सोमा सामेल गरिने छ।
गोरखापत्र राष्ट्रिय दैनिकमा हिजो (२९ गते) शुक्रबार ‘प्रधानमन्त्री कार्यालयमा नै नक्कली प्रतिवेदन’ शीर्षकमा प्रकाशित समाचारमा तथ्य फरक परेकाले सच्याइएको छ। प्रधानमन्त्री कार्यालयले नक्कली भुटानी शरणार्थीसम्बन्धी कुनै पनि प्रतिवेदन प्राप्त नभएको जनाएको छ।
भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा उडान रोकेको कुवेतको जजिरा एयरवेजले जेठ १ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । प्रतिकुल मौसम भएको भन्दै पुस ६ गतेदेखि फागुन २४ गतेसम्म उडान रोकेर पुनः फागुन २५ गतेदेखि हप्ताको तीन उडान थालेको जजिरा एयरवेजले वैशाख ६ गतेदेखि उडान रोकेको थियो ।
काठमाडौँ उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पुनः रोकिने भएको छ । मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर पदम कुँवरले आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिने जानकारी दिनुभयो ।
झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेका भुटानी शरणार्थीले आफूहरूलाई शरणार्थीको दर्जा नदिइएकाले राज्यविहीन भएको गुनासो गरेका छन्। शरणार्थीका रूपमा वर्षौंदेखि शिविरमा रहँदा वास्ता नगरिएको तर शिविर नै नटेकेकाले शरणार्थीको मान्यता पाएको सुन्दा आफूहरू दुःखी भएको गुनासो उनीहरूको छ। रकम तिरेर शरणार्थी बनिरहेको सुन्दा आफूहरू छक्क परेको शिविरका शरणार्थीले बताएका छन्। उनीहरूले एकमत हुँदै भने, “आफूहरूलाई कि भुटानी होइनन् भनेर प्रमाणित गर्नुप-यो कि नेपाली हुन् भन्न सक्नुप-यो तर यसरी राष्ट्रियताविहीन बनाउन भएन।”
निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको विषय बन्न पुगेको छ।
प्रहरीको फरार सूचीमा रहनुभएका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको बिरामी बिदाको निवेदन दर्ता गराउन जाने व्यक्तिको प्रहरीले खोजी थालेको छ। सङ्घीय संसद् सचिवालयमा सांसद रायमाझीका तर्फबाट बिदा निवेदन लिएर उपस्थित भएका व्यक्ति पहिचानको प्रव्रिmया प्रहरीले अघि बढाएको हो।
परराष्ट्रमन्त्री एनपी साउद र उहाँका भारतीय समकक्षी डा एस जयशङ्करबीच भेटवार्ता भएको छ ।
सुनसरीका सुरक्षा अधिकारीले सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेका छन्।
काठमाडौँ भित्रिने र काठमाडौँबाट बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ । आज काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले सो निर्णय गरेको हो । ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको महानगरको भनाइ छ । यसपछि नयाँ बसपार्क बाहेक अन्यत्र ठाउँबाट यात्रु चढाउन र ओराल्न पाइने छैन ।
सुदूरपश्चिम प्रदेश सभाको बैठकको अझै टुङ्गो लाग्न सकेको छैन । प्रदेश सरकारले पूर्णता पाउनमा ढिलाइ हुँदा त्यसको असर प्रदेश सभामा परेको हो । सरकार पूर्ण नभएका कारण प्रदेश सभा बैठकबारे अहिलेसम्म कुनै टुङ्गो नलागेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताउनुभयो । “सभामुख पनि संघीय राजधानीतिरै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म बैठकबारे कुनै टुङ्गो छैन । सरकारले पूर्णता नपाउँदासम्म यस्तै हो ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्का) संरक्षक एवम् कृषिविज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।