श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यूयोर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
मुक्त कमैया, कमलहरी तथा हलिया, हरवाचरवाले सरकारसँग पुनः स्थापनाको माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ती समुदायका प्रतिनिधिले सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।
सबै आफन्त र छरछिमेक तथा साथीभाइहरू भुटानी शरणार्थी शिविरबाट अमेरिका पुगिसके । तर भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहनु भएका ५४ वर्षीय नन्दलाल तामाङ र उहाँको परिवार भने अनिश्चित भविष्य रहेको भन्दै चिन्तामा रहेको पाइएको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली कोरिडोरको खुलालु सल्ली सल्ला सडक खण्ड एक हप्ताका लागि बन्द भएको छ । कालिकोट जिल्लाको खुलालु स्थित कर्णाली नदी पारीको पक्की पुलको बायाँ तर्फको सडक सुधारका लागि एक हप्ताका लागि कोरिडोर बन्द गरिएको हो ।
ऊ घरभित्र आफ्ना बाआमालाई सम्झाउँदै थियो । बाहिरबाट होहल्ला गरेको सुनियो । उसले मनमनै सोच्यो, “अब छिमेकीलाई पनि सम्झाउनुपर्ने होला ।” उसले झ्यालबाट बाहिर चियायो । मूलगेट बाहिर छिमेकीको भिड जम्मा भइसकेको थियो । कसैले भनेको सुनियो, ‘हाम्रो टोलछिमेकमा यस्तो चाहिँ हुन्न दिन्नौँ है ।’ के हुन दिन्नौँ भनेको हो, त्यो बु
सहरहरू एकतमासका पट्यारलाग्दा हुन्छन् त्यहाँ न कोइली बास्छे न जुरेली नाच्छे न उन्यु फुल्छ
नबुझेको, नजानेको अहिले पनि लाग्दैन, बुझेको हैसियत रहेन कुनै सबुत प्रमाण छैन आफ्नो छाती चिर्नु बाहेक !
वर्तमान यति सङ्कुचित हुँदै छ कि मान्छेलाई जीवनयापन गर्न सहज छैन । दैनन्दिन जीवनका लागि लामो दौड गर्नुपर्ने अवस्था छ । अतः लामो कथा या उपन्यास पढेर बस्ने फुर्सद कसैलाई छैन । त्यसैले केही दशकयता छोटा कथा अर्थात् लघुकथाको लोकप्रियता बढ्दो छ । यसै सन्दर्भमा ललिता ‘दोषी’को लघुकथा सङ्ग्रह ‘महान् कविज्यू’ प्रकाशित भएको छ । मानवीय कुण्ठा, पीडा, विसङ्गति र जर्जर मानसिकता बोकेर बाँचेका पात्रहरू यस लघुकथाका प्रतिनिधि पात्र हुन् । लघुकथाभित्र काव्यात्मक प्रस्तुति दिएर साहित्यिक अन्तर्विधालाई समेट्ने कोसिस पनि उहाँले गर्नुभएको छ । यो प्रयोग गर्ने थोरै व्यक्तित्वमा उहाँ पनि पर्नु हुन्छ ।
नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
क्यानबेराको सडकमा बाटो काट्न लागेको थिएँ । जेब्राक्रसिङमा उभिएर मुन्टो बटारेर दायाँ–बायाँ आँखा ओछ्याएँ । अलिपर एउटा कार हुइँकिँदै आएको देखियो । सोचेँ, कार जाओस्, त्यसपछि बाटो काटुँला । कार जेब्राक्रसिङभन्दा केही पर झ्याप्पै रोकियो । एकछिन त कुनै भवितव्य परेछ कि भनेर झस्किएँ । कारचालकले मलाई जान इसारा गरे । आफ्नो नेपाली बानी अर्थात् सडकमा जेब्राक्रसिङको सङ्केत भए पनि गाडीकै अग्राधिकार हुन्छ भन्ने मान्यता मैले प्रस्तुत गर्दै उनलाई नै पहि
बैतडीमा विभिन्न शक्तिपीठ छन् । तिनमा निङ्गलाशैनी, त्रिपुरा (रैण्याशैनी), डिलाशैनी, पोटलाशैनी, फलङ्गाशैनी आदि मुख्य हुन् । यी शक्तिपीठ अथवा भगवतीको विभिन्न चाडमा विभिन्न किसिमले पूजाआजा गरिन्छ । ठुल्ठुलो जात्रा (जाँत) पनि यहाँ लाग्छ । बैतडीकी सात दिदीबहिनी भगवतीमध्ये निङ्गलाशैनीलाई जेठी मानिन्छ । यिनीहरूका अनेक कथा छन् । आ–आफ्नो क्षेत्र अनुसार यिनीहरूका अलौकिक शक्तिका गुणगान गरिन्छ । यस्तै, मेलौली भगवतीको महिमाबारे पनि टाढा–टाढासम्म चर्चा हुन्छ ।
आफ्नो जन्मथलो सबैलाई प्यारो लाग्छ । भनाइ नै छ, “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छ । अनेकौँ भोगविलास, सुखसुविधामा लट्ठ पर्दा पनि भुल्न नसकिने जन्मभूमि नै हो । नसा–नसामा जन्मस्थानको रगत सिञ्चन भएको हुनाले नै तत् स्थान खातिर नयन पग्लिने गर्दछ । मन, मुटु र मस्तिष्कमा हरपल नाभी गाडेको माटोको