पर्वतको जलजला गाउँपालिका–३, स्थित माटेपानी भिरमा एक युवतीको शव फेला परेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख आज राति अस्ट्रेलिया जाँदै हुनुहुन्छ।
वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जाने ७१ जना नर्सको नाम छनोट गरेको छ।नेपाल र बेलायत सरकारबिच नेपाली नर्स बेलायत लैजाने सहमति भएअनुसार अन्तर्वार्ता लागि ७१ जना नर्स छनोट भएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाइ एक लाख ३५ हजार रुपियाँ ठगी गर्ने २७ वर्षीय सुजता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोख्रेलले प्रदेशमा रहेर पनि नेपालमा परोपकारी तथा सामाजिक सेवामा लागेको अष्ट्रेलिया सामाजिक सञ्जाल रुपन्देहीको कामप्रति खुसी व्यक्त गर्नुभएको छ ।
नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईलाई पहिचान पक्षधरले ताप्लेजुङमा कालो झण्डा देखाएका छन् । एमाले जिल्ला कमिटीले आइतबार आयोजना गरेको चियापानमा सहभागी हुन कार्यक्रम स्थलतर्फ जानेक्रममा भट्टराईलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका हुन् ।
चौध मानिस सवार कोमोरोस–ध्वजाङ्कित एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन् ।
लैङ्गिक हिंसाविरुद्ध अभियान मुलुकभर चलिरहेको छ । यस अभियानमा महिला, पुरुष, युवती, विभिन्न सङ्घ संस्थाका अगुवाहरू बढी सक्रिय भएर लागेको देखिन्छ । तर, सन्तान प्राप्त गरेका महिलाको व्यस्तता अर्कोतिर रहेको देखियो ।
इजरायली सेनाले उसले कब्जा गरेको पश्चिम किनारमा २४ घण्टाको अवधिमा आठ प्यालेस्टिनीलाई मारेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।
सप्तरीको राजविराज नगरपालिका-३ स्थित लक्ष्मी गेष्ट हाउसबाट मानवबेचबिखन तथा ओसारपसार कसुरमा दुई जना पक्राउ परेका छन् ।
जिल्लामा पछिल्लो चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा चालु आर्थिक वर्षको कात्तिकसम्ममा सो सङ्ख्यामा निवेदन दर्ता भएका हुन् ।
म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा अवस्थित छ, बराहा ताल । निस्कोट गाउँको शिरमा रहेको बराहा ताल करिब दुई रोपनीमा फैलिएको छ ।
पर्वतको विहादी गाउँपालिकामा रहेको रानीपानीको कुमालगाउँले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएको छ । पालिकाको वडा ३ मा पर्ने कुमालगाउँका एक सय घरपरिवार खानेपानीको समस्याले पिरोलिँदै आउनुपरेको वर्षौँ भैसकेको छ ।
पोखराको लेकसाइड क्षेत्रमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षमा सडक महोत्सव गर्ने भएको छ । पोखराको पर्यटन प्रवर्धनमा पृथक् पहिचान बनाउन सफल यो महोत्सवको पच्चिसौँ संस्करण आगामी पुस १२ देखि १६ गतेसम्म हुनेभएको हो ।
सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहुँकोटका होटल खचाखच भएका छन् । सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने गरेको स्थानीय होटल व्यवसायीको भनाइ छ ।