प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ ।
बर्खायाम सुरु भएसँगै सर्लाहीको उत्तरी चुरे भेगमा यातायात ठप्प भएका छन् । बाढीले खोलाको बाटो बिगारेपछि जिल्लाको चुरे भेगस्थित विकट क्षेत्रमा पर्ने नारायण खोला, शीर कालिञ्जोर, पिपलदमार लगायतका क्षेत्रमा यातायातका साधन अवरुद्ध भएका हुन् । त्यस भेगका स्थानीयहरु हिजोआज किनमेलका लागि बजारसम्म र औषधोपचारका लागि अस्पतालसम्म जान घण्टौं पैदल हिँड्न बाध्य छन् ।
मृत्यु हुनेमा बारागढी गाउँपालिका –१ भवानीपुर टोल बस्ने २६ वर्षीय देवेन्द्र चौधरी र उहाँका २२ वर्षीया श्रीमति नन्दा चौधरी तथा सुर्वण गाउँपालिका–७ सनफुलवा टोलका ३५ वर्षीय बिरुलाल यादव र पछाडी सवार भारत मोतिहारी जिल्ला पूर्वी चम्पारण समरपुर गाउँपञ्चायत –२ निवासी ३० वर्षीय मेवाचन्दराय यादव रहेको बारा प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले भेटवार्ता गरी आफ्ना मागको स्मरण गराउनुभएको छ ।
जिल्ला समन्वय समिति प्युठानको प्रमुखमा नेपाली कांग्रेसका धरमबहादुर जिसी र उपप्रमुखमा नेकपा (माओबादी केन्द्र) का दुर्गा रेग्मी निर्विरोध निर्वाचित हुनुभएको छ । पाँच दलिय गठवन्धनबीच तालमेल भएपछि प्रमुख उपप्रमुखसहित प्यानल निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्युठानले जनाएको छ ।
जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन उम्मेदवार विजयी हुनुभएको छ । सोमबार भएको निर्वाचनबाट जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काङ्ग्रेसका पद्म कलेल विजयी हुनुभएको हो ।
जनप्रतिनिधिहरुले दीर्घकालीन सोचका साथभन्दा पनि क्षणिक लोकप्रियताका लागि निर्णय गर्नेहरुको होडबाजी चल्न थालेको छ । निर्वचित भए पश्चात् सस्तो लोकप्रियता कमाउनका लागि गुल्मीका जनप्रतिनिधिहरुले नयाँ नयाँ निर्णयहरु गर्दै आएका छन् ।
सोमबार सार्वजनिक महत्वको प्रस्तावमाथिको सांसदहरुले धारणा राखेपछि बैठक आधा घटाका लागि स्थगित भएको हो ।
सांसद खगराज अधिकारीले मुलुकलाई चाहिले चार लाख मेट्रिकटन मल कहिले ल्याउने हो भनी सरकारसँग प्रश्न गर्नुभयो ।
पाल्पा, स्याङ्जा र तनहुँ जिल्लाका बासिन्दालाई मध्यनजर गर्दै विमानस्थान निर्माण गर्न स्थान छनौटको काम सुरु भएको छ । तीन जिल्ला समेटिएको कालीगण्डकी क्षेत्रमा विमानस्थल आवश्यकता महशुस गरी विमानस्थल निर्माणका लागि सम्भावित स्थानको अवलोकन थालिएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घ र प्रदेशको निर्वाचन आगामी मंसिरको पहिलो सातामा हुने बताउनु भएको छ ।
नेकपा (एमाले) को सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कर्यालयमा जारी रहेको छ । एमाले नेता सुवासचन्द्र नेम्वाङकाअनुसार तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा एवम् समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।
बाँकेका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९–८० को बार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारी थालेका छन् । निर्वाचन सम्पन्न भई शपथ ग्रहण गरेलगत्तै निर्वाचित पदाधिकारीको ध्यान बजेट निर्माणमा छ ।
सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ ।
बाजुराको खप्तड छेडेदह गाउँपालिकाको वडा नं ५ को पारतोला बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । मनसुन शुरु नहुँदै त्यो बस्तीमाथिबाट लगातार पहिरो बग्न थालेपछि सो बस्ती अहिले जोखिममा रहेको हो ।