• ८ जेठ २०८१, मङ्गलबार

बराहा तालमा देखिएको धौलागिरि हिमालको छायाँ

blog

म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा अवस्थित निस्कोट बराहा तालमा देखिएको धौलागिरि हिमालको छायाँ । तस्बिर : ध्रुबसागर शर्मा/रासस

म्याग्दी, मङ्सिर १० गते । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा अवस्थित छ, बराहा ताल । निस्कोट गाउँको शिरमा रहेको बराहा ताल करिब दुई रोपनीमा फैलिएको छ ।

समुन्द्री सतहदेखि झण्डै दुई हजार दुई सय मिटर उचाइमा रहेको ताल र आसपासबाट दजनौं हिमाल र बस्तीलाई अवलोकन गर्न सकिन्छ ।

यहाँबाट नेपालको दोस्रो अग्लो धौलागिरि हिमालसहित गुर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथी लगाएका मनोरम हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

निस्कोट गाउँमा रहेको बराह ताल जङ्गलको बिचमा रहेको छ भने यो २० मिटरभन्दा बढी गहिरो छ ।