बसाइसाइले गाउँ रित्तिन थालेपछि बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा स्थानीयवासीले चियाखेती गर्ने योजना बनाएर वनमाराले ढाकेको खेतीयोग्य पाखोबारीमा चियाका बिरुवा लगाएका छन् ।
ब्रेन्टफर्डलाई उसैको मैदानमा हराउँदै आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफर्डलाई १–० गोलले हरायो ।
बाँके क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीले एकवर्षे कार्यकालको समीक्षाका लागि स्थानीय मतदातासँग अन्तरक्रिया सुरु गर्नुभएको छ ।
जोर्डन, पोर्चुगल र स्लोभेनियाका विदेश मन्त्रीहरूले गाजा पट्टीमा पर्याप्त र अत्यावश्यक मानवीय सहायता पुर्याउन संयुक्त रूपमा आह्वान गरेका छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय १५ जना स्थानीयले सेवा लिएका छन् ।
पर्वतको धार्मिक पर्यटनको सम्भावना बोकेको कालिका भगवती मन्दिरको प्रचार प्रसारको अभावमा ओझेलमा परेको स्थानीयको बुझाइ छ ।
इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिबन्ध लगाएको छ । यससँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिबन्ध लगाउने संसारको पहिलो देश बनेको छ ।
भारतीय सेनाले आइतबार विशेष उपकरणसहित सुरुङभित्र फसेका ४१ कामदारलाई बाहिर निकाल्ने प्रयास गरेका छन् । कामदारलाई सुरुङबाट बाहिर निकाल्ने प्रयास तेस्रो सातामा प्रवेश गरेको छ । बारम्बारको असफलतापछि उनीहरूलाई बाहिर निकाल्नका लागि तीन दिशाबाट खन्ने काम जारी राखिएको छ ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरमा आज आइतबार दार्चुला जिल्लाकै प्रसिद्ध जात्रा सुरुभएको छ ।
नेपालगञ्जमा निर्माणाधिन एकीकृत भन्सार चौकीलाई सुख्खा बन्दरगाहमा परिणत गर्न माग गरिएको छ ।
नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ६ सय र चाँदी तोलामा ३५ रुपियाँले बढेको हो ।
कालीगण्डकी नदीमा हामफालेका एक युवकको उद्धार गरिएको छ । शनिबार साँझ ६ बजेतिर बगनासकाली –५, राम्दीस्थित कालीगण्डकी नदीमा हाम फालेका माथागढी –३, का २३ वर्षीय पदम विकको उद्धार गरिएको हो ।
बेँसीशहर नगरपालिका–११ स्याउत गाउँका सुरेशबाबु पाण्डेले करिब २० वर्ष अघिदेखि चार सय रोपनी जमिनमा सुन्तलाखेती गर्दै आउनुभएको थियो। उहाँको बारीमा पाँच सय बोटका सुन्तलाले बर्सेनि रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुने गर्दथ्यो ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा वीरेन्द्रजङ्ग केसी निर्वाचित हुनु भएको छ ।
रुपन्देहीको मर्चवारमा गहुँको बीउ प्रशोधन तथा भण्डारण केन्द्र निर्माण गरिएको छ ।