रामेछाप र दोलखाको सिमानामा रहेको धार्मिक तथा पर्यटकीय स्थल शैलुङ घुम्न बाह्रै महिना पर्यटक आउन थालेका छन् । वर्षायाममा भन्दा हिउँदमा शैलुङबाट रमणीय दृश्य अवलोकन गर्न पाइने भएका कारण समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइमा स्थित शैलुङ घुम्न आउने पर्यटकको सङ्ख्या निकै बढेको छ ।
प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही मङ्सिर ७ गतेबाट कर्णालीमा आयात र निर्यात हुने कृषि उपजको तथ्याङ्क अभिलेखीकरण गर्न तथ्याङ्क सङ्कलक खटाएको हो ।
रुपन्देहीका पालिकाहरूमा स्थापना भएका स्वास्थ्य संस्थामै प्रसूति सेवा उपलब्ध हुन थालेपछि गर्भवतीलाई निकै सुविधा पुगेको छ । पालिकाहरूले पछिल्लो समय गर्भवती महिलाको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै प्रसूति सेवाको पहुँचलाई सहज बनाउँदै लगेका हुन् । अधिकांश पालिकाहरूले प्रसूति सेवालाई प्रभावकारी बनाउने गरी बजेट विनियोजन गरेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिकामा एक वर्षमा ६४० जना सुत्केरी भएकोमा ५८१ जनाले स्थानीय स्वास्थ्य संस्थाबाटै गर्भवती सेवा लिएका छन् ।
तनहुँका गाउँ बिस्तारै सुनसान हुँदै गएका छन्। दसैँतिहार मनाउन आएका विद्यार्थी, परदेशी सहर फर्किने तथा विदेश जान थालेसँगै गाउँघर सुनसान हुन थालेका हुन्। चाडपर्व मनाउन विदेशबाट घर आएका स्थानीय काममा फर्किन सुरु गरिसकेका छन्। उनीहरू फर्किन थालेसँगै यहाँका ग्रामीण बस्ती सुनसान भएका हुन्। व्यास नगरपालिका–६, साँजास्थित रत्नज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक देउराज गुरुङले पहिला तीन सय घर रहेको गाउँमा अहिले ६५ घर मात्रै रहेको बताउनुभयो। अधिकांश युवा विदेश रहेकाले सुनसान बनेको उहाँको भनाइ छ। गुरुङले भन्नुभयो, “परदेश गएका चाडबाडमा घर आएकाले गाउँमा रमाइलो थियो, अहिले उनीहरू फर्किन थालेपछि गाउँघर सुनसान भएको छ।” पढ्न सहर छिरेका र जिल्लाबाहिर जागिर गर्नेले पनि गाउँ छाड्न थालेसँगै गाउँ सुनसान हुन थालेका छन्। आफ्नो काम गर्ने ठाउँमा जाने र पढ्न गएका विद्यार्थी पनि फर्किन थालेपछि सवारीसाधनमा समेत चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले बताउनुभयो। जिल्लाबाहिर फर्किनेहरूले गर्दा यातायातका साधन भरिभराउ भएको उहाँले जानकारी दिनुभयो। दसैँतिहारमा रमाइलो रहेका जिल्लाका १० पालिका गाउँघरमा बिस्तारै रौनक हराउन थालेको छ। व्यास नगरपालिका–१३, पोखरीभन्ज्याङ निवासी ९१ वर्षीय रामनाथ सेढाईले स्थानीय स्तरमा रोजगारी नभएकोले गाउँमा युवा नहुँदा सुनसान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा युवा नहुँदा कुनै समस्या पर्दा वा कोही मर्दापर्दासमेत मलामी जाने मान्छे पनि नहुने अवस्था आएको छ।’’
नेपालमा शैक्षिक संरचना विस्तारको क्रम चलिरहेको छ । सिलेट, गुन्द्री बोकेर कौमुदीदेखि इङ्लिससमेतको पढाइ गरेको नेपाली पुस्ताले कृत्रिम बौद्धिकताको प्रतिस्पर्धामा लागेको विश्व समाजका चमत्कार बेहोरिरहेको छ । तक्षशीलाको जलाधार भूमिमा आधुनिक उच्च शिक्षा दिलाउने झन्डै दुई दर्जन विश्वविद्यालय/प्रतिष्ठान स्थापना भइसकेका छन् तर यी विश्वविद्यालयका प्रध्यापकका विद्यार्थीले जिज्यूगुरु वाल्मीकिले दिएको पाठको सिङ र पुच्छर कता छ भन्ने भेउ पाउन नसकेर ब
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उहाँ पूर्णरूपमा यस खेतीमा लागिरहनुभएको छ ।
संविधान देशको सर्वोच्च कानुन हो । कुनै पनि देशमा संविधानभन्दा उच्च स्तरको वा समान स्तरको कानुन बनाइएको हुँदैन । साथै, संविधानसँग बाँझिने गरी कानुन बनाइँदैन र यदि बनाइएमा बाँझिएको हद जतिको कानुन स्वतः निष्व्रिmय हुन्छ । तसर्थ, जति पनि कानुन बनाइन्छन् संविधान अन्तर्गत बनाइनु पर्छ । संविधानलाई मूल कानुनको स्थान दिइएको मतलव संविधानको सर्वोच्चता स्वीकार गरिएको हो र यसो गरिनु पनि आवश्यक छ । यस प्रकारको व्यवस्था हरेक देश
आजकल चिकित्सकको सल्लाहबिनै शारीरिक परीक्षण नगराई एन्टिबायोटिक माग गर्ने, सल्लाह दिने र सुझावलाई कार्यान्वयन गरिहाल्ने लहड खुबै चलेको छ । स्वास्थ्यकर्मीसँग अनावश्यक रूपमा एन्टिबायोटिकको माग गर्ने । हामी उस्तै प्रकारको रोग लाग्दा साथीभाइ, आफन्तलाई चिकित्सकले सिफारिस गरेको औषधी कुनै जाँच वा विशेषज्ञको परामर्शबिना खान्छौँ । उसलाई त ठिक भयो, मलाई कसो नहोला भन्ने सोच्छौँ तर मानिस अनुसार उसको शरीर र उसको रोगसँग लड्ने क्षमता फरक हुन्छ भन्ने कुरा बिर्सिन्छौँ ।
विश्वको अर्थतन्त्र मुख्य रूपमा दुई कुराबाट सञ्चालन हुन्छ । व्यावसायिक कारोबार गर्नका लागि कम्पनी र विकासका लागि परियोजना अर्थात् पूर्वाधार । विकसित देशका परियोजना ज्यादै नै बहुउपयोगी हुन्छन् । चीन अमेरिका, रुस जस्ता देशका बाँध, जलविद्युत्, प्रसारण लाइन, सडक परियोजना ज्यादै नै आश्चर्यजनक र विशाल हुन्छन् । कारण उनीहरूको इन्जिनियरिङ र आर्टिटेक्ट आफ्नै मौलिक हुन्छ, उन्नत खालका हुन्छ । लगानीका लागि पर्याप्त पुँजी उपलब्ध हुन्छ । यहाँ गरि
नेपालको प्रजातन्त्रिक आन्दोलनले लामो समय पार गरिसकेको छ । नेपालको एकीकरणको प्रादूर्भाव भएसँगै आधुनिक राज्य प्रणालीको विकासको चरण आज पनि यथावत् छ । सन् १९५० अघि जहानियाँ राणा शासनको अन्त्य गर्न विभिन्न तह, तप्कामा देशभित्र र बाहिर राजनीतिक अभियानको थालनी भएको थियो । राजनीतिक समाज तीन खेमामा स्पष्ट विभाजित देखिन्छ । जसमा राष्ट्रवाद, समाजवाद र साम्यवादमा आधारित राजनीतिक विचारधाराको द्वन्द चलायमान छ ।
स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले राजनीतिक दल र तिनका नेताको कार्यशैलीका कारण लोकतान्त्रिक व्यवस्था नै आलोचित हुनुपरेको बताउनुभएको छ । शासकीय चरित्रमा सुधार नहुँदा नागरिकस्तरबाट आलोचना बढेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलनको २८ औँ संस्करण (कोप–२८) मा योद्धाका रूपमा प्रस्तुत हुने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विशाल खड्काद्वारा लिखित ‘पर्यावरणीय सङ्कट : आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक शनिबार विमोचन गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनबाट परेको असरको क्षतिपूर्ति दाबी गरिने बताउनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकको औद्योगिक क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । नवौँ उद्योग दिवसका अवसरमा शनिबार उद्योग विभागले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रिजालले औद्योगिक क्रान्तिमार्फत मुलुकलाई समृद्धिमा लैजान उद्योगी व्यवसायीलाई अगाडि बढाउनुपर्ने बताउनुभएको हो । “औद्योगिक समृद्धि उद्योगी व्यापारीले दिने हो, परम्परागत सोच राखेर काम गर्ने हो भने मुलुक बन्दैन,” उहाँले भन्नुभयो, “आर्थिक मन्दीको कारणले उद्योग व्यवसायमा समस्या होला तर उद्योगीहरू निराश हुनु पर्दैन ।” मन्त्री रिजालले अर्थतन्त्रमा देखिएको समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो ।