प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा राम्रो सङ्गठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महसुस गरेको बताउनुभएको छ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले आगामी २६ माघदेखि नेपालगन्जमा १२ दिने औद्योगिक महोत्सव आयोजना गर्ने भएको छ । सङ्घका अध्यक्ष टङ्क धामीको अध्यक्षतामा सम्पन्न भएको बैठकले आगामी माघ २६ देखि फागुन ८ गतेसम्म नेपालगन्ज महोत्सव –२०८० आयोजना गर्ने निर्णय गरेको हो ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध अहिले विभिन्नखाले षडयन्त्र सुरु भएकाले सचेत रहन नेपाली जनतालाई आग्रह गर्नुभएको छ । नेपाल संवत् ११४४ को अवसरमा एमाले काठमाडौँ महानगर कमिटीद्वारा आयोजित शुभकामना कार्यक्रममा उहाँले आज सो आग्रह गर्नुभएको हो ।
नेपाल -याफ्टिङ एन्ड क्यानोइङ सङ्घको पाँचौँ चुनावी साधारण सभाले राजीव श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । यसअघि श्रेष्ठ करिब ३ वर्ष सङ्घको कार्यवाहक अध्यक्षको भूमिकामा हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजावादीलाई जुँवाको खालबाट च्याखे नथाप्न चेतावनी दिनुभएको छ।
तिहार र छठपछि खुलेको शेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको सङ्केत देखिएको छ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आठ दशमलव ११ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० को बिन्दुमा कायम भएको छ ।
कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा सञ्चालन भएको पहिलो कृषि वैज्ञानिक सम्मेलन तथा स्नातक कार्यशाला आज सम्पन्न भएको छ । सम्मेलनको विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्रा.डा.शङ्कर भण्डारीले एक समारोहबिच समापन गर्नुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्य प्रदेशको तुलनामा मधेशमा सङ्गठन कमजोर देखिएकाले त्यसलाई मजबुत बनाउन सङ्गठन निर्माणमा लागेको बताउनुभयो ।
अन्नभण्डारका रूपमा रहेको मधेस प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना-२०७८ अनुसार मधेसमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको हो ।
नवौँ नेपालगन्ज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जित्नु भएको छ । उपाधिसँगै पार्कीले दुई लाख नगद पुरस्कार पनि जित्नु भएको छ ।
जैविक विविधतामा ताप्लेजुङ एक दुर्लभ मानिने हाब्रे (रेड पाण्डा)को चरन क्षेत्र हो । ताप्लेजुङका ग्रामीण क्षेत्रमा रेड पाण्डा वासस्थान रहेको छ । यस क्षेत्रमा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको समन्वयमा रेडपाण्डा संरक्षणका विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
सिन्धुली जिल्लामा विभिन्न स्थानीय तहमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । प्रभातफेरी, कोणसभा, अन्तरक्रियालगायतका कार्यक्रम गरी उक्त अभियान सुरु गरेको स्थानीय तहले जनाएका छन् ।
पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा पोखराले एफसी चितवनलाई १–० गोलले हरायो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारीले भ्रष्टाचारीले छुट नपाउने बताउनुभएको छ।