भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भीषण आगलागी भएको छ ।
ताप्लेजुङमा आमाको दूधले सर्केर एक नाबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका –२ आम्बेगुदिनका कृष्णबहादुर विष्ट र हिमादेवी कटुवाल विष्टकी दुई महिने नाबालिका छोरीको दूधले सर्किँदा मृत्यु भएको हो ।
बाँकेको बैजनाथ गाउँपालिका –८ हस्नापुरका टिके दमाई उमेरले ७१ बर्ष पुग्नुभयो । सानैदेखि पञ्चेबाजा तथा नौमती बाजामा रुची राख्ने दमाईसहित २३ जनाको समूहले परम्परागत बाजागाजाको संरक्षण गर्दैआएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका किसानलाई कृषिऔजार बितरण गरिएको छ । नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा पशुपालक फर्म तथा कृषकलाई साना कृषिऔजार बितरण गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताउनु भएको छ।
मुक्त घोषित भएका तर पुनःस्थापना हुन बाँकी मुक्त कमैया, कमलहरी, हलिया तथा हरवाचरवा प्रतिनिधिले पुनःस्थापनाको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।
हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहे गााउँ ।
कैलालीमा एक साताको अवधीमा दुई जना गर्भवती–सुत्केरीको ज्यान गएको छ । गौरीगंगा नगरपालिका वडा ८ कि २० वर्षीया हिरा चौधरीको गत बुधबार र सोही नगरपालिकाको वडा २ कि ३५ वर्षीया सरला तुलाधरको आज मृत्यु भएको हो ।
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले अहिले काठमाडौं उपत्यकामा हावाहुरीसहित पानी परेको छ।
वि.सं. २००२ सालमा स्थापित नेपालको दोस्रो स्कूल शान्ति निकुञ्ज माध्यमिक विद्यालयको पूर्व विद्यार्थी संघको २५ औं स्थापना दिवस मनाइएको छ । पूर्व विद्यार्थी महारथी प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मोती शोभा श्रेष्ठ, इन्द्रमान रञ्जित, ललिता देवी, पुष्प बहादुर चित्रकार, शिवबहादुर नेपाली प्रधान, सुमित्रा मानन्धरलगायत करिब २० जना जेष्ठ पूर्व विद्यार्थीलाई सम्मानित गरिएको थियो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बनाउनुपर्ने बताउनुभएको छ।
दार्चुलामा आइतबार दिउँसो ३ बजेतिर आएको हावाहुरीले विद्यालय र घरको छाना उडाएर क्षति गरेको छ । जिल्लाको नौगाड गाउँपालिका –५ मा अवस्थित मालिकार्जुन आबि भिडको दुई कोठे शौचालयको छानो उडाएको विद्यालयका प्रद्यानाध्यापक केशबसिंह धामीले जानकारी दिनुभयो ।
जनता समाजवादी पार्टी (जसपा)ले असारमा हुने भनिएको विधान अधिवेशनका लागि जम्मा ७७८ प्रतिनिधि सङ्ख्या निर्धारण गरेको छ।
बाल यौन दुरुपयोग कसुरमा शनिबार पक्राउ परेका राईलाई आइतबार जिल्ला अदालत खोटाङले सात दिन थुनामा राख्न अनुमति दिएको हो।