तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने घुमाउनेघाटमा पुल निर्माण थालिएको नौ वर्षसम्म पनि पूरा हुन सकेको छैन । आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदी पक्की पुल निर्माणको काममा ढिलाइ भए पनि सम्बन्धित निकायले ध्यान दिन नसक्दा लामो समयदेखि पुल अलपत्र परेको हो ।
शुक्रबार साँझ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा एक हजारभन्दा बढी गीतमा स्वर दिनुभएकी लोकगायिका तीर्थकुमारी थापा एकल साँझमा प्रस्तुत हुनुभएको छ । ‘तीर्थकुमारी स्वर्णिम साँझ-२०८०’ नाम दिइएको उक्त कार्यक्रममा उहाँले आफ्ना लोकप्रिय १९ गीत गाउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रियरूपमा नेपाललाई प्राप्त हुने अनुदान सहयोग महिला, बालबालिका, आदिवासी, जनजातिलगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताउनुभएको छ ।
पोखरा नेपाल माउण्टेन क्रस कन्ट्री दौड शनिबार बिहान सुरु भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिता गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र चिनियाँ राजदूत छन् सङले सुरुआत गर्नुभयो ।
दुई वर्षअघिसम्म गण्डकी प्रदेशमा सात हजार नौ सय ४५ हेक्टरमा सुन्तला खेती भएको थियो । गत वर्ष थप तीन सय ९७ हेक्टरमा सुन्तला खेती विस्तार भएर आठ हजार तीन सय ४२ हेक्टर पुग्यो । प्रारम्भिक आँकडाअनुसार यस वर्ष झन्डै पाँच सय हेक्टरमा सुन्तला खेती विस्तार भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।
सुनसरीको सदरमुकामसहित विभिन्न स्थानीय तहमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु गरेको छ । शनिबार प्रभातफेरी र र्याली, कोणसभा र अन्तरक्रियासहितको कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु गरेको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जिल्लामा सञ्चालित विभिन्न विकास निर्माणको काम गुणस्तरहीन भए निर्माण कम्पनीलाई कारबाही गर्ने बताउनुभयो ।
भारतको पिथौरागढमा नेपाल-भारत संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि सुरु भएको छ । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७ औँ संस्करणमा नेपाली सेनाको तारा दल गणका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका तीन सय ५४ जना सहभागी छन् ।
मोरङको उर्लाबारी शोकमा डुबेको छ । गत कात्तिक २६ गते उर्लाबारी–७ को स्नेहा सुनचाँदी पसलमा मध्यरातमा भएको आगलागी नियन्त्रण प्रयासमा पुगेका स्थानीयहरूको एकपछि अर्कोको ज्यान गएपछि उर्लाबारी शोकमा डुबेको हो ।
नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा गरी आज (शनिबार)देखि सम्मेलन सुरु हुँदै छ । उद्घाटन सत्र र बन्द सत्र गरी दुई चरणमा सो सम्मेलन तम्घासमा हुन लागेको सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गर्नुभएको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ ।
“भनिन्छ, संसद् प्रतिपक्षको सत्ता हो । सत्तापक्ष अर्थात् सरकारले दिन नसकेको ‘डेलिभरी’ का लागि संसद्मा प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराउँछन् र जनताको आवाज संसद्मार्फत सरकारसमक्ष पुर्याउँछन् । सरकार स्वेच्छाचारी भयो भने पनि सरकारलाई काम गर्न बाध्य बनाउँछन् । त्यसैले प्रजातान्त्रिक संसदीय शासन प्रणालीमा संसद्लाई प्रतिपक्षको सत्ता मानिन्छ ।”
अफसोस यस कुरामा भयो नारायणलाई, उसले त्यसो किन भन्यो ? भन्न नहुने थियो तर भन्यो र अहिले पश्चात्ताप गर्नु परिरहेछ । कहिलेको बोली कुन किसिमले भनिएको हुन्छ त्यो चाँडै नै सत्य साबित हुनु दुःखद हुन सक्दो रहेछ । यस तथ्यले नारायणलाई भित्रभित्र पोल्दै थियो । उसले असर्फीलाई यत्ति मात्र भनेको थियो, “तपाईंहरू हाम्रोमा आउनुभएन भने आइन्दा हामी पनि आउँदैनौँ ।” यसको अर्थ त सोझो थियो, परस्परको मित्रता कायम रहोस् । कायम मात्र होइन चलायमान रहोस् । अफसोस यसै
मैले मिसाइल त उसको छातीमा दागेँ तर त्यहाँ मर्दै छ उसको आकाश जस्तो भावना कोमल प्रेम र जीवन यता उसले दागेको लेजर मिसाइलले मेरो