कोभिडको कहर सुरु भएलगत्तै संसारभर जीवनको अनिश्चितता छायो । मानिसहरूको यात्रा घरभित्रै सीमित बन्यो । देश विदेश जानेहरू अझ बढी चिन्तित र त्रसित बने । वास्तवमा त्यो कठिन समयमा परिवारबाट टाढा हुनुको पीडा तिनै नेपालीहरू जो २–४ पैसा जोहो गरी परिवार सुखी र खुसी राख्ने सपना बोकेर बिछोडिएका हुन्छन् उनीहरूलाई थाहा हुन्छ । कोभिड–१९ महामारीको त्रासदी संसारभर फैलिएको त्यो समयमा सबैको जीवन अस्तव्यस्त भएको थियो । धनी, गरिब, सहरिया गाउँले सबै प्रभावित भए ।
मकै सुब्बाले वैकुण्ठ चतुर्दशीका दिन चलाउँदै आउनुभएको पशुपतिनाथ महास्नान आइतबार हुने भएको छ । मल्लकालीन समयमा आफ्नो जायजेथा परोपकार तथा धर्मकर्ममा समर्पण गर्ने दाताका रूपमा मकै सुब्बाको इतिहासमा नाम छ । यसै मौसममा धर्तीमा उब्जेका सबै अनाज, फलफूल र कन्दमूलसहित प्रशस्त पञ्चामृतद्वारा महास्नान गर्ने पालो मकै सुब्बाका सन्तति घट्टेकु्लो निवासी राजेश जोशीको परेको छ ।
शुक्रबार राति करिब ८ बजे बर्दियाको गुलरिया नगरपालिका-४ तुलापुरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बलिउड अभिनेता रणवीर कपुरलगायतका कलाकार र सङ्गीतकारले नेपाली गायिका मेनुका पौडेलको उच्च प्रशंसा गर्नुभएको छ । पछिल्लो समय इन्डियन आइडलमा सहभागी भई आफ्नो प्रस्तुति दिइरहनुभएकी पौडेलको बिहीबारको प्रस्तुति हेरेपछि कपुरले उहाँलाई ‘सङ्गीतकी देवी’ भन्दै खुट्टा छुएर प्रशंसा गर्नुभएको थियो ।
चलचित्र ‘सतीदेवी’ को पोस्टर सार्वजनिक गरिएको छ । अभिनेतृ मलिका महतलाई जुत्ताको माला लगाएको तस्बिर प्रयोग गर्दै तयार पारिएको पोस्टरमा महतलाई भिन्न लुक्समा प्रस्तुत गरिएको छ । चलचित्रको फस्र्टलुक पोस्टरले विभिन्न समय भएको परिवर्तनको औचित्यमाथि प्रश्न गरेको छ ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गरेको छ । कम्पनीले शुक्रबारदेखि प्राथमिक सेयर (आइपिओ) को आवेदन खुला गरेको हो । कम्पनीले जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको कम्पनीले जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल रहेको छ । आइपिओमा मङ्सिर १२ गते ५ बजेसम्म आवेदन दिन सकिने छ ।
औसतमा दैनिक एक हजार पाँच सय नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका बेला नेपालमा भने विदेशी दक्ष जनशक्ति आएर काम गरिरहेका छन् । नेपालबाट रोजगारीकै लागि श्रम स्वीकृति लिएर बिदेसिने युवाको ठुलो सङ्ख्या अदक्ष जनशक्ति हो । यसबाहेक सानो सङ्ख्यामा दक्ष जनशक्ति पनि बाहिरिने गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा सरकारले ६९० विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ । नेपालमा दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । नेपालमा खास गरी विदेशी लगानीमा निर्माण भइरहेका परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् ।
आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्ति बन्द गर्न ध्यानाकर्षण गराएको छ । राजधानीमा भइरहेका प्रदर्शनमा वक्ताहरूले गरेका अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगले त्यस्तो कार्य रोक्न भनेको हो । आयोगका तर्फबाट सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय युवा सङ्घ र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईको बिहीबारको आन्दोलनपछि व्यक्त अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको बताउनुभएको हो । आयोगले बिहीबारको प्रदर्शन र सभालाई सम्बोधन गर्ने क्रममा दुवै पक्षबाट संवैधानिक, कानुनी र मानव अधिकारका मूल्य, मान्यता र मर्यादाविपरीत एकअर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिइएको ठहर गरेको छ ।
आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।
आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुस्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।