• ११ मंसिर २०८१, मङ्गलबार

जुत्ताको मालामा ‘सतीदेवी’

blog

काठमाडौँ, मङ्सिर ९ गते । चलचित्र ‘सतीदेवी’ को पोस्टर सार्वजनिक गरिएको छ । अभिनेतृ मलिका महतलाई जुत्ताको माला लगाएको तस्बिर प्रयोग गर्दै तयार पारिएको पोस्टरमा महतलाई भिन्न लुक्समा प्रस्तुत गरिएको छ । चलचित्रको फस्र्टलुक पोस्टरले विभिन्न समय भएको परिवर्तनको औचित्यमाथि प्रश्न गरेको छ ।

पोस्टरमा अभिनेतृ मलिका महत देखिनुभएको छ । पोस्टरमा उहाँको सामान्य अवतार भने छैन । जुत्ताको मालासहित कालोमोसो दलेर गाउँलेले लखेटिरहेको र उनी भागिरहेको देख्न सकिन्छ । गाउँले युवतीको गेटअपमा त्रसित मनोविज्ञानसहित भागिरहेकी पोस्टरले हाम्रो समाजको चित्रण गरेको छ । जहाँ अहिले पनि परिवर्तनले छुन सकेको छैन ।

चलचित्रलाई लक्ष्मण सुवेदीले निर्देशन गर्नुभएको छ । सुवेदी स्वयम्को निर्माण, लेखन र गीत रचना रहेको छ । श्रीदेवी सुवेदी निर्माताका रूपमा रहनुभएकी छ । मलिकाका साथै हर्षिका वली, मन्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सिर्जना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनीषा सापकोटालगायतको अभिनय रहेको छ ।