नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले वाक्कदिक्क भएर फ्याँकेको राजतन्त्र पुनः आउने कुनै सम्भावना नरहेको बताउनुभएको छ । शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वीरगञ्जको कृषि औजार कारखानालाई सञ्चालनमा ल्याउन सके मधेशको कायापलट हुने बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीमा सुदूरपश्चिम महोत्सव तथा व्यापार मेला आयोजना हुने भएको छ ।
एभरेष्ट बैंक लिमिटेडले टोखा नगरपालिका ६ मा १२८ औं शाखा खोलेको छ। शुक्रबार बैंकका सञ्चालक समिति अध्यक्ष डा. बालगोपाल वैद्यले टोखा नगरपालिका वडा नं. ६, नयाँ शाखाको उद्घाटन गर्नुभएको हो।
जिल्लाको धनकुटा नगरपालिका–१ स्थित निगालेमा डेरागरी बस्दै आएका एकै परिवारका तीनजनाको शव आज तीन चिता बनाई दाहसंस्कार गरिएको छ ।
काठमाडौंमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति नलिइ प्रदर्शनमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएपछि चिया र बिस्कुट खुवाउँदै ।
नेपालगञ्जमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी वरिष्ठ साहित्यकारहरुले वर्तमान साहित्य र पुस्तक लेखनबारे विचार विमर्श गरेका छन्।
एपिएफले दिएको एक सय २ रनको लक्ष्य १९ ओभर ४ बलमा पूरा गर्दै गण्डकीले एपिएफलाई स्तब्ध पारेको हो ।
नेपालीहरुको चाडपर्व दसैँ, तिहार र छठमा खुला गरिएको ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारको साप्ताहिक बन्द शुक्रबारदेखि पुनः सुरु गरिएको छ।
नेपालगन्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ सुरु गरेको छ ।
गीतकार सरला श्रेष्ठको विगतदेखि हालसम्म रचना गरिएका ५६ वटा गीत साहित्यिक मासिक पत्रिका ‘शारदा’ को विशेषङ्कमा प्रकाशित गरिएको छ ।
मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपानेले तथ्याङ्कको अधारमा कामकाज गर्दा प्रभावकारी हुने भएकाले हरेक क्षेत्रमा तथ्यांकको महत्व रहेको बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राख्ने भएको छ ।
गत कात्तिक १ गतेबाट मालपोत र नापी कार्यालयले कोहलपुरबाट तीनवटा पालिकामा सेवा प्रवाह सुरु भएपछि सो क्षेत्रका सेवाग्राहीलाई सेवा लिन सहज भएको छ ।
नेपाल चिकित्सक सङ्घको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन मङ्सिर १० र ११ गते हुने भएको छ।