थारु समुदायका सबैले वङ्शाणुगत रोग सिकलसेल एनिमियाको परीक्षण गराउनुपर्ने चिकित्सकको जोड रहेको छ । यो समुदायमा बढी मात्रामा देखा परिरहेको सिकलसेल रोग रोकथामको लागि सबैले यो रोगको परीक्षण गराउनु पर्ने सुझाव दिइएको हो ।
नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप (एएसी)ले सञ्चालन गर्ने एएसी एकेडमी प्रशिक्षणमा सहभागी हुन अस्ट्रेलिया प्रस्थान गर्नुभएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
बिहीबार भद्रकाली परिसरबाट सूर्य अस्ताउँदै गर्दा शहीद गेट र धरहरालाई फ्रेममा राखेर कैद गरिएको दृश्य
बाजुराका अधिकांश गाउँबस्तीका स्थानीयले भुकम्पबाट बच्न भन्दै घरको छानामा रहेको सिलेट हटाउँदै जस्तापाताले छाउन थालेका छन् । पछिल्लो समय बाजुरामा पटक पटक भुकम्पको धक्का महशुस हुँदै गएपछि यहाँका स्थानीयले भुकम्पबाट जोगिन छानामा रहेका सिलेट हटाएर कर्कट पाताले छाउन थालेका हुन् ।
यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले आज (शनिबार) दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।
नेपाल ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा कृष्णबहादुर केसी चयन हुनुभएको छ । युनियनको सम्पन्न सातौँ जिल्ला अधिवेशनले केसीलाई अध्यक्षमा चयन गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभएको छ ।
भ्रष्टाचारविरुद्ध देशका विभिन्न ठाउँमा युवाहरूले प्रदर्शन गरिरहेका बेला रुपन्देहीको तिलोत्तमामा पनि भ्रष्टाचारविरुद्ध शनिबार युवाहरूले प्रदर्शन गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले किशोरकिशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका कृषिविज्ञ मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको जनाएको छ ।
चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ ।
सडक किनाराको पर्खाल (रिटेनिङ वाल) बलियो र गुणस्तरीय बनाउन माग गर्दै एक युवाले १ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलमा चढेका छन् । युवाको उद्धार गर्न सुरक्षाकर्मी लागे पनि सफल भएका छैनन् ।
यमनको मारिब प्रान्तमा हुथी मिलिसियाले गरेको ड्रोन हमलामा कम्तीमा तीन यमनी सरकारी सैनिकको मृत्यु भएको । सरकारी अधिकारीले शुक्रबार सिन्ह्वालाई यसबारे पुष्टि गरेका हुन् ।
दार्चुलामा बेवारिसे पुरुषको शव फेला परेको छ । शनिबार बिहान साढे ८ बजेको समयमा महाकाली नगरपालिका –५ नमस्कारस्थित महाकाली नदीको बीच भागमा ढुङ्गामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ ।