म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित फ्रेन्चपास नाका ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भ्रष्टाचारको गन्धमात्रै आए जो–कोहीलाई पनि कारबाही हुने बताउनुभएको छ।
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले दोश्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ९ स्वर्ण, २ रजत र ५ कांस्यसाथ आयोजक टिम च्याम्पियन बन्यो ।
दार्चुलाको मालिकार्जुन गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको ज्यान गएको छ । शनिबार विहान मालिकार्जुन गाउँपालिका –८ चस्कोट बस्ने अन्दाजी ४० वर्षीय जयराम लुहारको घरनजिकैको भिरबाट लडेर ज्यान गएको हो ।
कानुन, न्याय तथा संसदीय मामीलामन्त्री धनराज गुरुङले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ।
हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले अन्तरवाली व्यवस्थापन गरेर राम्रो उत्पादन गर्न सक्ने उदाहरणका रुपमा आफ्नो फर्ममा तरकारी खेती सुरु गरेको छ ।
स्टकहोम, ३० वैशाख (रासस/एएफपी)। युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले रूसी आक्रमणको प्रतिकार गर्न युक्रेनलाई लामो दूरीका हतियार उपलब्ध गराउन युरोपेली राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ। “रूसीहरूले टाढाबाट बम बारी गरिरहेका छन्, त्यसैले युक्रेनीहरूसँग ’उही दूरी, उही दायरा’ मा पुग्न सक्ने क्षमता हुनुपर्दछ,” युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबासँग स्टकहोममा भएको भेटपछि बोरेलले भन्नुभयो।जर्मनीले युक्रेनका लागि दुई अर्ब ७० करोड युरो (दुई अर्ब ९५ करोड अमेरिकी डलर) बराबरको नयाँ हतियार प्याकेज घोषणा गरेसँगै उहाँले भन्नुभयो, “तर हामीले गति लिनुपर्छ।”“म जर्मनीको प्रयासको स्वागत गर्दछु र सबै सदस्य राष्ट्रहरूलाई यस उदाहरणलाई अनुसरण गर्न आमन्त्रण गर्दछु,” बोरेलले भन्नुभयो। बिहीबार बेलायतले युक्रेनमा आफ्नो स्टॉर्म स्याडो क्षेप्यास्त्र पठाउने घोषणा गरेको थियो र कीभलाई लामो दूरीका हतियार उपलब्ध गराउने पहिलो देश बनेको थियो।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी युक्रेनमा रूसी सेनाविरुद्ध व्यापक रूपमा अपेक्षित प्रतिआक्रमण अघि पश्चिमी मित्रराष्ट्रहरूलाई थप उन्नत हतियार उपलब्ध गराउन आग्रह गर्दै आउनुभएको छ। “प्रतिआक्रमण कहिले सुरु हुन्छ भनेर सोध्नुको सट्टामा के युक्रेनी प्रति–आक्रमण सुरु गर्न र सफल बनाउन आफूले पर्याप्त सहयोग गरेको छु भन्ने सोच्नु अनिवार्य भएको छ, कुलेबाले बोरेलसँगको पत्रकार सम्मेलनमा भन्नुभएको थियो। “ईयूका विदेशमन्त्रीहरूसँग आज मेरो कुराकानीको मुख्य विषय लामो दूरीको तोपखाना गोलाबारुद र छोटो दूरीको प्रवेश वार्ता हुनेछ,” कुलेबाले भन्नुभयो।जेलेन्स्कीले फेब्रुअरी २०२२ मा रूसले युक्रेनविरूद्ध आक्रमण थालेपछि युक्रेनका लागि ईयू सदस्यताका लागि औपचारिक वार्ताको प्रक्रियालाई तीव्रता दिन खोजिरहेका छन्।
नेपाल प्रेस यूनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल निर्वाचित हुनुभएको छ । बुटवलमा शुक्रबार सम्पन्न २१ औं साधारणसभा तथा ९ औं अधिवेशनले नेपालको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका –७ बल्डेङगढी जोगदमारबाट श्रीमतीसहित छोरी बेपत्ता भएको भन्दै तुलवहादुर गाहाले श्रीमती र छोरी खोजी गरिदिन आग्रह गर्नुभएको छ । गाहाले वैशाख २८ गते विहीवार विहान साढे १० बजेतिर २२ वर्षीया श्रीमति यमकली गाहा मगर, ६ बर्षीया छोरी पुनम गाहा मगर घरबाट रुपन्देहीको सालझण्डीतर्फ हिँडेको स्थानीयले देखेको भन्दै अहिलेसम्म सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।
वीरगंज युनाइटेड धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगीताको सेमिफाइनल प्रवेश गरेको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले बिकासका योजना छनौटमा पक्षपात गर्न नहुने बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका –७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।
राष्ट्रिय पुरुष ‘वीच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पाल्पाको रानीमहलमा शनिबार सम्पन्न फाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २–० को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि दौडमा रहेको चर्च ब्वाइजलाई विभागीय टोली त्रिभुवन आर्मी क्लबको धक्का लागेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले चर्च ब्वाइजलाई १-० गोलले हरायो ।
नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नै नभएको स्पष्ट पारेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ।