हमास–इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वात्तै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बताएउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले नदीजन्य पदार्थ व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आज बसेको मन्त्रीपरिषद्को बैठकले पुरानो कार्यविधि संशोधन गरेको हो ।
अफगानिस्तानले भारतका लागि अफगानिस्तानको नयाँ दिल्लीस्थित राजदूतावास बिहीबारदेखि स्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले स्याङ्जामा आफ्नो मन्त्रायलको कामको प्रगति खोज्नु भएको छ।
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनबहादुर थापाले निर्वाचन प्रणाली र प्रदेशका संरचनामा पुनर्विचार आवश्यक रहेको बताउनुभएको छ । समानुपातिक निर्वाचन प्रणाली र प्रदेशका संरचना राज्यले थेग्न नसक्ने अवस्थामा पुगेकाले संरचनाको ढाँचामा पुनः मुल्यांकन आवश्यक रहेको उहाँले बताउनुभएको हो ।
सप्तरीको अग्निसाइर कृष्णासवन गाउँपालिका ५ स्थित हिरावती आधारभूत विद्यालय बकधुवा–भिमारको नवनिर्मित भवनको शुक्रबार उद्घाटन भएको छ ।
गण्डकी प्रदेश सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङले पूर्वसांसद पोल्देन छोपाङ गुरुङसमेत सञ्चालक रहेका स्याउ फार्म एग्रो मनाङ प्रालिले सरकारी नीतिविपरीत करिब २५ रोपनीभन्दा बढी क्षेत्रफलको वन फँडानी हुँदा पनि स्थानीय प्रशासन मौन रहेकोमा आपत्ति जनाउनुभएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराउनुभएको छ ।
झापाको गौरादह नगरपालिका- का धार्मिक तथा सामाजिक व्यक्तित्व कर्णबहादुर कटुवालले आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा ३२ लाखको लागतमा मन्दिरसहित मलामी विश्रामस्थल घर बनाइदिएका छन् ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा बञ्चरो प्रहारबाट एक महिलाको हत्या भएको छ । कनकासुन्दरी गाउँपालिका ३ ओखरपाटकी अन्दाजी ३५ वर्षीया अमृता बुढाको हत्या भएकोे प्रहरीले जनाएको छ ।
झापाको मेचीनगर नगरपालिका –१२ मा शान्तिराम चिमरियाको रबर उद्योगमा शुक्रबार विहान आगलागी भएकोछ । रबर सुकाउने (स्मोक हाउस) मेसिनमा विद्युत सट भएर उद्योगमा आगलागी भएको जनाइएको छ ।
सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बर्तमान गणतान्त्रिक व्यवस्थामा गल्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।
दसैँ, तिहार मनाउन आएका विद्यार्थी, परदेशीहरु सहर फर्किने तथा विदेश जान थालेसँगै गाउँघर सुनसान हुन थालेका हुन् ।