• २३ वैशाख २०८१, आइतबार

बञ्चरो प्रहारबाट एक जनाको हत्या

blog

सांकेतिक तस्बिर

नेत्र शाही

जुम्ला, मङ्सिर ८ गते । जुम्लाकाे कनकासुन्दरी गाउँपालिकामा बञ्चरो प्रहारबाट एक महिलाको हत्या भएको छ । कनकासुन्दरी गाउँपालिका ३ ओखरपाटकी अन्दाजी ३५ वर्षीया अमृता बुढाको हत्या भएकोे प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार प्रारम्भिक अनुसन्धानमा सोही गाउँका श्यामबहादुर बुढाले बञ्चरो प्रहार गरेर ती महिलाको शुक्रबार दिउँसो १२ बजे हत्या गरेको जानकारी दिनुभयो । हत्याको कारण भने खुलेको छैन । 

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक गणेशबहादुर रावलको नेतृत्वमा टोली पनि सो क्षेत्रमा लागेको छ । प्रहरीका अनुसार बञ्चरो प्रहार गरेर हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।