• १२ मंसिर २०८१, बुधबार

हमास–इजरायल द्वन्द्व : प्यालेस्टिनी बेरोजगारी दर ७० प्रतिशत पुग्यो

blog

गाजा, मङ्सिर ८ गते । हमास–इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वात्तै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बताउनुभएको छ । 

नसरी अबु जैशले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी भन्नुभयो, “हामीले दशौं हजार भवन र आवासीय एकाइहरूमा लगातार हिंस्रक बम विस्फाेटको परिणामस्वरूप हजारौं कार्यबल र रोजगारदाताहरू गुमायौँ ।”

“हाल ३६ लाखभन्दा बढी प्यालेस्टिनी कामदारहरू बेरोजगार भएका छन्, जसमध्ये ठूलो हिस्सा घरबारविहीन छन्,”जैशले भन्नुभयो । 

उहाँले भन्नुभयो, “यसबाहेक, इजरायलले गाजाबाट चार हजार कामदारलाई गिरफ्तार गर्‍याे , हजारौँ कामदारलाई बर्खास्त गर्‍यो र धेरैलाई थुनामा र अनुसन्धानको अधीनमा परेपछि अन्य धेरैलाई वेस्ट बैंकमा निष्कासित गरेको थियो ।”

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको एक्कासि आक्रमणको बदलास्वरूप इजरायलले तत्काल गाजामा व्यापक हवाई तथा स्थल आक्रमण सुरु गरेको छ । इजरायलले प्यालेस्टिनी तटीय क्षेत्रमा कडा नाकाबन्दी लगाएको छ भने गाजामा बिजुली, पानी र खाद्यान्नको आपूर्ति बन्द गरेको छ । रासस/सिन्ह्वा