विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर ८ गते । झापाको मेचीनगर नगरपालिका –१२ मा शान्तिराम चिमरियाको रबर उद्योगमा शुक्रबार बिहान आगलागी भएको छ । रबर सुकाउने (स्मोक हाउस) मेसिनमा विद्युत् सट भएर उद्योगमा आगलागी भएको जनाइएको छ ।
प्रारम्भिक विवरणअनुसार करिब ३५ लाखको क्षति भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । तयारी अवस्थामा रहेको १० मेट्रिक टन रबर, रोलर मेसिन र डेढसय मन धान जलेर नष्ट भएको बताइएको छ ।
आगो नियन्त्रणमा आइसकेको र आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको पनि प्रहरीको भनाइ छ ।