म्याग्दीको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले यस वर्ष १७ मुरी स्थानीय जातका गौरिया र गुडुरा धान भित्र्याउनुभयो । सोही गाउँपालिकाको वडा नं ५ छिसबाङका विकल सेनले पनि गत वर्षकोभन्दा दुई मुरी बढी गौरिया धान थन्क्याउनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोपाेन्मुख समुदायलाई राज्यको मूलधारमा ल्याउने काम भइरहेको बताउनु भएको छ ।
झापाको दमक नगरपालिकाले जाजरकोट भूकम्प पीडितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत आर्थिक सहयोग गर्ने भएको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले मातृशिशु मृत्युदर शून्यमा झार्नुपर्ने बताउनु भएको छ ।
नेपालको पछिल्लो राष्ट्रिय जनगणना २०७८ अनुसार नेपाली भाषापछि दोस्रो सबभन्दा बढीले बोल्ने मातृभाषा ‘मैथिली’ ३२ लाख २२ हजार तीन सय ८९ जना अर्थात् ११ दशमलव ०५ प्रतिशत नेपालीले पहिलो भाषाका रूपमा बोल्ने गर्छन् ।
सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोडं बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।
बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ हरिचौर दरबार परिसरमा रहेको पुरानो घरलाई गरिएको संरक्षण ।
नवौं धारा नेपालगन्ज म्याराथन शनिबार हुने भएको छ ।
झापाको भद्रपुर विहिबारबाट अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
गुल्मीमा देउसी भैलोबाट उठेको रकम मिर्गौला पीडितलाई सहयोग गरिएको छ ।
जताततै आँपका बिरुवा लगाइएका छन् । सिँचाइका लागि हरेक बोटका मुनि पाइप राखिएको छ । हुर्किएका बिरुवा मिलाएर छिमलिएको छ । कान्लाहरु सफा र चिटिक्क पारिएको छ । कम्पोट मलका लागि घाँस र पात सङ्कलन गर्ने व्यवस्था गरिएको छ ।
श्रीलङ्काले विदेशी ऋणदाताहरूसँगको महत्वपूर्ण ऋण पुनर्संरचना सम्झौताअघि शुक्रबार दोस्रो पटक प्रमुख ब्याजदरमा कटौती गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीले नेपालमा रगतको सङ्कलन एवम् व्यवस्थापनका लागि सबैमा रगत दान गर्नुपर्ने जागरण चलाउन आवश्यक रहेको बताएको छ ।
लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
भोजपुरमा प्राविधिक शिक्षा माध्यमिक तहमा नै प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न माध्यमिक विद्यालयले ऐच्छिक विषयका रूपमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेपछि यसप्रति विद्यार्थीको आकर्षण बढेको हो ।