डा. कटक मल्लको ‘न्याय–अन्याय कानुनः भूराजनीति र कूटनीति’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा कानुन, राजनीति, मानव अधिकार, न्यायपालिका, भू–राजनीति÷कूटनीति, पर्यावरणलगायतका विषय समेटिएका छन् । काठमाडौँमा मल्लको किताब सार्वजनिक गर्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले मल्लको किताब कानुनी दर्शनको दस्ताबेज भएको बताउनुभयो ।
तराई-मधेशका जिल्लामा आज ‘लबान’ (नयाँ अन्न प्रचलनमा ल्याउने) पर्व मनाईँदै छ । अन्नबालीको उर्वर भूमि मानिने मधेसका जिल्लामा यज्ञादि होम गरेपछि वर्षभरिकै दैनिक उपभोग र शुभकार्यमा अन्नचल्ने मान्यता रही आएको छ । पूर्वीय मान्यतामा यावत अन्नलाई ‘धान्यादि’ भनिएको हुँदा मुख्य बाली धान होम गरेपछि सबै अन्न वर्षभरि प्रयोग गर्न सकिने मानिन्छ ।
नेपाल चलचित्र सङ्घ र नेपाल निर्माता सङ्घबिच सेयर बाँडफाँटको विषयमा सहमति भएको छ । चलचित्र प्रदर्शन भएपछि निर्माताहरूले पाउने सेयरको अंशमा सन्तुष्टि जनाउँदै ‘दिमाग खराब’ टिमले गरेको चलचित्र नचलाउने अडानपछि भएको वार्तामा सहमति जुटेको हो ।
नेपाली र चिनियाँ कलाकारको पौभा र थाङ्का चित्रकला समेटेर पुस्तकका रूपमा ल्याउने तयारी भएको छ । राजधानीमा एक कार्यक्रममा चाइनाको सिचुआन पब्लिसिङ हाउस र नेपालको वज्र पब्लिकेशनबिच क्रस माउन्टेन डाइलग, फाइन कलेक्सन अफ चाइनिज एन्ड नेपाली थाङ्का नामक पुस्तकको प्रतिलिपि अधिकार सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
शैली थिएटरले चेतनामूलक सडक नाटक ‘कुरी कुरी’ मञ्चन गरेको छ । काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकाबाट मञ्चन भएको नाटक विभिन्न विद्यालयसम्म पु¥याएर जागरण ल्याउन खोजिएको शैली थिएटरका कार्यक्रम संयोजक सविन न्यौपानेले बताउनुभयो । नाटकमा भूकम्पपीडित शर्मिला (सोफिया वज्राचार्य) र बुवा (रूपक काफ्ले) आफ्नो दैनिक जीवन चलाइरहनुभएको छ । उहाँहरूको गरिबीको समस्या र बाध्यताको फाइदा उठाउँदै गाउँका नाता पर्ने मामा (सुशान्त कुइँकेल) ले शर्मिलालाई सहरमा पढाइदिने र राम्रो काम पनि खोजिदिने प्रलोभन देखाउँछन् । शर्मिला पनि त्यसको प्रभावमा पर्छिन् र सहर पस्छिन् । काठमाडौँमा पढाउनुको साटो मामाले शर्मिलालाई सहरको एक होटलमा बेचिदिन्छन् । होटलमा शर्मिलामाथि साहु (निर्तिश भण्डारी) बाल श्रम र यौन दुव्र्यवहार गर्न थाल्छन् । बाल तथा मानव अधिकारकर्मीले समयमै घटनाबारे थाहा पाउँछन् र शर्मिलालाई उद्धार गर्छन् ।
इलाम नगरपालिका– ९ की ५५ वर्षीया भीमा पाठक अहिले नौमती बाजा मध्येको ढोलक बजाउन निकै पोख्त भइसक्नु भएको छ । उमेर घर्किँदै जाँदा पनि पाठकलाई आफ्नै विवाहमा बजेका नौ मति बाजामा नाच्ने रहर अझै पुरा भएको छैन ।
भन्सार विभागको तथ्याङ्कले मुलुकको अन्तर्राष्ट्रिय व्यापार खस्कँदै गएको देखाइरहँदा मुलुकको विद्युत् निर्यातमा भने उत्साहजनक प्रगति देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपियाँको विद्युत् भारतर्फ निर्यात गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक खरिद, सार्वजनिक सेवा प्रवाह, नियमनकारी भूमिका थप प्रभावकारी बनाउँदै लैजान सुझाव दिएको छ । अख्तियारले सार्वजनिक नियामक निकाय तथा सार्वजनिक संस्थानसँग गरेको अन्तर्क्रियामा प्रमुख आयुक्त प्रेमकुमार राईसहित आयुक्तले कानुनको अक्षरशः पालना गर्नुपर्ने, आयोगबाट दिइएका सुझावको गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
जिल्ला अदालत काठमाडौँले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि ज्यान लिने उद्देश्यले कुटपिट गर्ने ६ जनालाई जनही दुई वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश विनोद खतिवडाको इजलासले बिहीबार ६ जनालाई कैद तथा जरिबाना फैसला गरेको हो । दोषी ठहर भएका सबै नेपाल विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थी हुन् । अभियुक्तमध्येका एक जनालाई अदालतले सफाइ दिएको छ । चलाउनेलाई २८ लाख १७ हजार रुपियाँ उपचार खर्चबापतको क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले फैसलामा भनेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका तयार गरेर घरमा राख्नुभएको छ । गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि व्यापारीले काटा खोलेका छन् । उहाँले धानको उचित मूल्य पाउनुभएको छैन ।
निर्वाचन आयोगले आउँदो माघ ११ गते बिहीबार राष्ट्रिय सभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । २०७४ सालमा पहिलो कार्यकालका लागि निर्वाचित भएकामध्ये एक तिहाइ सदस्यको पदावधि फागुन २० गते सकिँदै छ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका १९ सदस्य मतदानबाट र राष्ट्रपतिबाट मनोनीत एक गरी २० जना निर्वाचित हुने छन् ।
चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्तो प्रस्ताव पारित गरेर चिकित्सा शिक्षा आयोगमा पठाएको छ । साथै प्रस्तावमा अस्पतालहरूको राय पनि मागेको छ ।
काठमाडौँको बल्खुमा बिहीबार भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् ।
भारतको पिथौरागढमा भोलिदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ।
पोखरा प्राकृतिक बनोटका दृष्टिले हेर्दा आफैमा सुन्दर पर्यटकीय गन्तव्य हो। त्यसमा पनि फेवाताल, पातले छाँगो, नजिकै देखिने अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रेलगायतका हिमाल र पोखरा बजारलाई आकाशबाटै अवलोकन गर्दै केबलकारबाट १० मिनेटमै सराङकोट पुगिने भएपछि पोखरामा आन्तरिक एवम् बाह्य पर्यटकको चापाचाप छ।