धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ८७ अङ्कले उकालो लागेर एक हजार आठ सय ६० दशमलव २० मा पुगेको छ ।
बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा बिहीबार भएको उद्घाटन खेलमा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ टिमलाई १०९ रनले हरायो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारस्थित सिङ्गो गाउँले चामलसँग साटेर पानी उपभोग गरिरहेको छ। पानीको चरम समस्या भएपछि उक्त गाउँका मानिस चामलसँग पानी साट्न बाध्य भएका हुन्।
पाल्पाको सत्यवतीमा चिच्याएर बर माग्ने मेला सुरु भएको छ । हरेक वर्ष जस्तै यो वर्ष बिहीबारदेखि चिच्याएर बर (मनको इच्छाउने) माग्ने मेला सुरु भएको हो ।
गोरखाको दोस्रो नगरपालिका पालुङटार नगरपालिकाले मुख्य बजार क्षेत्र सुन्दर र व्यवस्थित बनेको छ ।
गोरखाको सहिद लखन गाउँपालिका–६, घैरुङका एक स्थानीयवासीले घरमै पालन गरेको अरिँगालको गोला ।
नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईबिच अविश्वासको अन्त्य भएको बताउनुभएको छ ।
पूर्व धावक एवं गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित भएका छन् । नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लामालाई बेलायतको अल्डर्सटमा आयोजित एक कार्यक्रमबीच इलाम समाज बेलायतले सम्मान गरेको हो ।
बाँकेमा यसवर्ष गत वर्षभन्दा धानको उत्पादन बढ्ने अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले यो वर्ष धानको क्षेत्रफलसँगै उत्पादनमा पनि बढेको जानकारी दिनुभयो।
नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपियाँको विद्युत भारतर्फ निर्यात गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सुविधा लिएको आरोपमा एक शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ ।
केहीबेर तनावपूर्ण बनेको काठमाडौंको बल्खु क्षेत्रको अवस्था अहिले सामान्य बन्दै गएको छ ।
कैलालीको भजनी नगरपालिकाले अतिक्रमित पुरैना तालको जग्गा खनजोत नगर्न किसानलाई आग्रह गरेको छ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँतिहारको अवधिमा मात्रै ६१ हजारभन्दा बढी दर्शनार्थी आएका छन् ।
हरिबोधिनी एकादशीको अवसरमा बिहानैदेखि कालीगण्डकीका विभिन्न स्थानमा भक्तजनको भिड लागेको छ ।