काठमाडौँको तीनकुने र बल्खु क्षेत्रमा सवारीसाधन अवरोध भएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार तीनकुनेमा युवा सङ्घको र्याली र बल्खुमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको मोटरसाइकल र्यालीका कारण उक्त क्षेत्रमा सवारीसाधन अवरोध भएको हो ।
आधुनिक जीवनशैली र खानपानका कारण बर्सेनि मुटुरोगका बिरामी बढेको भन्दै चिकित्सकले ‘बाल मुटु बचाउ’ अभियान सञ्चालन गरेका छन् । सानै उमेरमा मुटुको जाँच गर्नसके मुटुरोगबाट हुनसक्ने ठुलो क्षतिबाट बच्न सकिने भन्दै अहिले बालबालिकाको ‘मुटु बचाउ’ अभियान देशभर सञ्चालन भइरहेको छ ।
पोखराबाट निर्माण भएको चलचित्र 'चित्रा'को छायाङ्कन सकिएको छ । फिल्मका कार्यकारी निर्माता एवम् कलाकार सन्तोष अधिकारीले 'चित्रा' आगामी पुस २७ गते रिलिज हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पारिवारिक विषयवस्तुमा आधारित चलचित्र 'चित्रा' बाबुछोरीको कथा भएको निर्देशक घनश्याम लामिछानेले उल्लेख गर्नुभयो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले योजनाबद्ध र सार्थक पहल गरिरहेको बताउनुभएको छ ।
भूकम्पपीडितका लागि वडा अध्यक्षले एक लाख रुपियाँ सहयोग गर्नुभएको छ । चौरजहारी नगरपालिका–७ का वडा अध्यक्ष भीमप्रसाद जैसीले भूकम्पपीडितका लागि भन्दै व्यक्तिगत रूपमा एक लाख रुपियाँ सहयोग गर्नुभएको हो ।
हिजोआज विवाह, व्रतबन्ध र सांस्कृतिक कार्यक्रममा पञ्चेबाजा कम गुन्जिन्छन् । पश्चिमा संस्कृतिको नक्कल गर्नुका साथै आधुनिक प्रविधिको प्रयोग बढ्न थालेपछि मौलिक संस्कृति हराउँदै गएका छन् । मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सरकारी निकायबाट पहल हुनुपर्ने बुढापाका बताउँछन् ।
कर्णाली प्रदेशका दुई जिल्लाका तीन वटा पालिकामा कानुनी सहायता सम्बन्धी ६ हजार जनालाई स्थानीय तहमा कानुनी परामर्श सेवा दिइएको छ । दैलेखका दुई र कालिकोटका एक स्थानीय तहमा कानुनी परामर्श दिइएको हो ।
इजरायलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ । इजरायलको उक्त भनाइले हमाससँगको युद्ध रोक्नका लागि भएको महत्त्वपूर्ण सम्झौता रोकिएको छ ।
कैलालीस्थित धनगढीमा कार्यालय सञ्चालन गरेर अनलाइन ठगी आरोपमा पक्राउ परेका ह्याकर गिरोहका प्रमुखको घरबाट ठुलो परिमाणको रकम बरामद भएको छ ।
सरकारले नेपाली सेनाको उपरथी ताराध्वज पाण्डे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ ।
“हामी अहिले जुन ठाउँमा टेकेर उभिएका छौँ, राति हाम्रो सुताई यही ठाउँमा हुने गर्दछ । दिन बिताउन यहाँ जति कष्टकर छ, रात त्योभन्दा बढी भयावह हुन्छ ।” बाँके कारागारका एक कैदीबन्दीले अनुगमनमा आउनुभएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष आफ्ना पीडा सुनाउनुभयो ।
गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गामा हरिबोधिनी एकादशीको पावन अवसर पारेर हरेक वर्ष मेला लाग्ने गर्दछ । विगतदेखि नै हरिबोधिनी (ठुलो) एकादशीमा रेसुङ्गा धामको महापोखरीमा विशाल एकादशी मेला लाग्ने गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो ।
दक्षिण कोरियाका फुटबल प्रशिक्षक जर्गेन क्लिन्सम्यानले विश्वकप फुटबल प्रतियोगिताका मिडफिल्डर सन जुन–होलाई क्रिसमसको समयमा रिहा गर्न चीन सरकारसँग आग्रह गर्नुभएको छ ।
काठमाडौंको बल्खु चोकमा ढुङ्गामुढा र तोडफोड भएको छ । बिहीबार कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खु चोकमा दुर्गा प्रसाईंको समूहले ढुङ्गाप्रहार गरेको हो ।
आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । हरिबोधिनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । गलेश्वरदेखि बेनीसम्मको कालीगण्डकी किनारमा स्नान गर्नेको घुइँचो लागेको छ ।