काठमाडौं, मङ्सिर ७ गते । सरकारले नेपाली सेनाको उपरथी ताराध्वज पाण्डे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उपरथी पाण्डेको राजीनामा गत कात्तिक २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
उपरथी पाण्डेले व्यक्तिगत कारण दर्साई आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । यस्तै ऊर्जा सचिव घिमिरेले पनि व्यक्तिगत कारण देखाउँदै पदावधि सकिनु एक महिना अगावै राजीनामा दिनुभएको हो ।