पुतलीबजार नगरपालिका–१३ झापाकोटको कालिका माध्यमिक विद्यालयले जग्गा भाडामा लिएर आलु खेती गरेको छ । सात रोपनी जग्गा स्थानीयसँग दस वर्षको लागि बन्दगी लियर व्यावसायिक रूपमा आलु खेती सुरु गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेका बताउनुभएको छ । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताहको आज (बिहीबार) समापन गर्दै उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायको उपस्थितिमा सर्वपक्षीय र सर्वदलीय छलफल गरिएको जानकारी दिनुभयो ।
कोहलपुर नगरपालिकाद्वारा व्यापक वृक्षरोपण गरेर सुरु गरिएको हरित कोहलपुर अभियानलाई सफल बनाउन विभिन्न संघसंस्थाले विरुवा संरक्षणका लागि २१८ वटा ट्रि गार्ड सहयोग गरेका छन् ।
सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिका–१ शिखरडाँडा निवासी ३२ वर्षीय दावा घिसिङले फलामको रड प्रहार गरी बुबा ७२ वर्षीय बुद्धिमान घिसिङको हत्या गरेका छन् ।
नेपाल सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
धादिङको गङ्गाजमुना झरना धार्मिक तथा पर्यटकीयरुपले परिचित स्थल हो । यस झरनामा वर्षाैंंदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गङ्गाजमुना माईको दर्शन गर्न उल्लेख्य सङ्ख्यामा आउने गर्दछन् ।
मन्त्रीपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । समसामयिक राजनीतिका विषय र प्रशासनिक निर्णय गर्ने गरी बैठकले निर्णय गर्ने तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
दैलेखको गुराँसे क्षेत्र । गुराँस गाउँपालिकाको केन्द्रसमेत रहेको गुराँसे तरकारीको हब मानिन्छ । यहाँको चार हजार पाँच सय बढी किसानहरूको मुख्य आम्दानीको श्रोत तरकारी खेती हो ।
मोरङको उर्लाबारी ७ इटहरारोडकाे सुन पसलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । आगलागीमा शक्त घाइते हुनु भएका उर्लाबारी ७ का ४२ वर्षीय कुमार तामाङको उपचारका क्रममा आज मृत्यु भएको छ । तामाङको काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।
बागमती प्रदेश सरकारले ल्याएको विपन्न समुदायलक्षित खरको छानामुक्त कार्यक्रम कार्यान्वयनको तयारी भएको छ । न्यून मानव सूचकाङ्क भएका स्थानीय तहमा स्थायी बसोबास गर्ने, आफ्नो स्वामित्वको जग्गामा घर भएका दलित, सीमान्तकृत, विपन्न र पिछडिएको बस्तीमा खरको छाना विस्थापन गर्ने गरी प्रदेश सरकारले खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम ल्याएको हो । आर्थिक वर्ष २०७८/७९ देखि सुरु भएको यस कार्यक्रमको प्रगति विगतका वर्षमा शून्य प्रायः छ ।
धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् । बुधवार राति निगालेका ३५ वर्षीय टिकाराम गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षीय छोरा आयुस गुरुङको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
रुपन्देहीको सैनामैनामा बुधबारदेखि छैटौँ राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव २०८० सुरु भएको छ । सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन उद्योग व्यापारको प्रवर्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न महोत्सवले सघाउ पुग्ने आयोजकको विश्वास छ ।
सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको सबै वडा राष्ट्रिय प्रसारण लाइनसँग जोडिएर बिजुलीले झलमल्ल भएको छ । पछिल्लो समय वडा नं. ७ को तोस्राम खोला राष्ट्रिय प्रसारण लाइनसँग जोडिएपछि गाउँपालिकाका ११ वटै वडामा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जनाइएको छ । गाउँपालिका अध्यक्ष कर्ण थापामगरका अनुसार गाउँपालिकाका करिब आठ हजार घरधुरीमध्ये ९० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बत्ती पुगेको छ । बाँकी १० प्रतिशत घरधुरीमा यो वर्ष बिजुली बत्ती पु¥याउने लक्ष्यसहित धमाधम काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
खानेपानीका मुहान सुक्न नदिन काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा पुनर्भरण (रिचार्ज) पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले विगत केही वर्षदेखि सामुदायिक वनभित्र रिचार्ज पोखरी, मुहान संरक्षण र सिमसार संरक्षणको काम गर्दै आएको छ भने केही स्थानीय तहले समेत रिचार्ज पोखरी र मुहान संरक्षणको काम गर्दै आएका छन् ।