• २४ वैशाख २०८१, सोमबार

श्रीमती र छोराको हत्यापछि आत्महत्या

blog

कविराज घिमिरे

हिले, मङ्सिर ७ गते  । धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् । बुधवार राति निगालेका ३५ वर्षीय टीकाराम गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षीय छोरा आयुष गुरुङको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

टीकारामले श्रीमती र छोराको हत्या गरी घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । टीकारामको जिउ काम्ने उपचार गरिरहनुपर्ने भएको र उनले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको छिमेकीले बताएको धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । बुधवार राति पौने १ बजे ६ वर्षीया छोरी आसिकी गुरुङलाई छिमेकीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । 

सो अघि बुबाले आमा र दाजुलाई घाँटीमा समातेर टाउकामा कुटेको देखेको आसिकीले बताएको एसपी कोइरालाले जानकारी दिनुभयो राति डरले केही नभनेको पनि आसिकीले बताएको प्रहरीको भनाइ छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी कोइरालाले बताउनुभयो ।