जीवन निर्वाह गर्न न्यूनतम पूर्वाधार नहुनु एवं आधारभूत आवश्यकताको पूर्ति हुन नसक्नु वा सक्षम नहुनुले गरिबको चित्रण गर्छ । अभाव, अन्योल, अस्थिर, अपहेलित र असुरक्षित जीवनमा गरिबीको जीवनचक्र रहेको हुन्छ । गरिबी मानव जीवनको पीडाबोध हुने अवस्था हो । गरिबीलाई अर्थशास्त्रको सिद्धान्तले व्याख्या गरिए तापनि यो समाजशास्त्र र मानवशास्त्रसँग पनि सन्निकट भएको विषय हो । सामान्य अर्थमा गाँस, बास र कपासको व्यवस्थापन हुन कठिन भएको मानव जीवन नै गरिबी हो ।
जाजरकोट भूकम्पले त्यहाँका आमनागरिकको जनजीवन झनै कष्टकर बन्दै गएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका सम्पूर्ण सरकारी संयन्त्र, नागरिक समाज, गैरसरकारी संस्था एवं अन्तर्राष्ट्रिय समुदायको सामूहिक प्रयासपछि भूकम्पमा परी ज्यान गुमाएका र घाइते भएका नागरिकको उद्धार भएको छ । तथापि त्यहाँको जनजीवन सामान्य स्तरमा ल्याउन थप प्रयासको खाँचो छ । यसबिचमा थुप्रै पराकम्प गइरहेका र मूल भूकम्पको धक्का राजधानी काठमाडौँ र मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीसम्म महसुस गरिएको भए पनि अरू नोक्सानी भएको छैन । छिमेकी सल्यान, रोल्पा, दैलेख, जुम्लालगायतका जि
दोलखाको वैतेश्वर गाउँपालिका–८ यवोका ९३ घरधुरी किसानले यस वर्ष आलु बिक्रीबाट एक करोडभन्दा बढी आम्दानी गरेका छन् । आलु उत्पादनको हिसाबले उर्वर भूमि मानिने यवोबाट मात्रै यस वर्ष एक करोड ६८ लाखको आलु बिक्री भएको जनप्रेमी कृषि सहकारी संस्थाका अध्यक्ष टीकाबहादुर खत्रीले जानकारी दिनु भयो ।
अनलाइनबाट ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सो अपराधमा संलग्न नेपाल, भारतका नौ जनालाई प्रहरीले धनगढी उपमहानगरपालिका–५ तारा नगरबाट हिजो साँझ पक्राउ गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले मौसम परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा लागेकाहरूले विशेष सर्तकता अपनाउनु जरुरी भएको बताउनुभएको छ । राजधानीमा बुधबार एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको छाता सङ्गठन इफाप्काको ४६ औँ सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले भौतिक पूर्वाधारको विकाससँगै यससँग सम्बन्धित अन्य पक्षलाई पनि ध्यान दिनुपर्ने बताउनुभएको हो ।
अब भुक्तानी सेवामा रहेका वालेट कम्पनीका सञ्चालकले आर्थिक कारोबार र पारदर्शितामा जोड दिँदै साइबर सुरक्षामा कडाइ गर्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले भुक्तानी सेवामा रहेका वालेट कम्पनीलाई कडाइ गर्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० जारी गरेको छ । वालेट कम्पनीका सञ्चालकको आर्थिक कारोबार र पारदर्शितामा जोड दिँदै साइबर सुरक्षामा कडाइ गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । वालेट कम्पनीहरूको प्राविधिक पक्षलाई थप सुरक्षित बनाउन पनि विभिन्न व्यवस्था गरिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको चाडपर्वलक्षित सहुलियत मूल्य पसलको कारोबार गत वर्षभन्दा यो वर्ष दोब्बरले बढेको छ । असोज २१ देखि मङ्सिर ३ सम्म सञ्चालनमा रहेको सुपथ मूल्य पसलमा कर्पोरेसनले गत वर्ष दुई करोड ६५ लाख कारोबार गरेकामा यस वर्ष गत वर्षभन्दा पाँच करोड सात लाख बढी कारोबार गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला उपहारमा दिएका मुर्रा जातका राँगा बोकेर आएका दुई वटा ट्रकलाई यहाँस्थित नेपाल–भारत नाकामा भारतीय कस्टमले साढे चार घण्टा रोकेर नेपाल प्रवेश गर्न दिएको छ । भारत सरकारले उपहारस्वरूप प्रदान गरेका राँगालाई आवश्यक विभिन्न कागजपत्र नभएको भन्दै भारतीय कस्टमले नेपाल छिर्न नदिएपछि राँगा बोकेका ट्रक नाकामै रोकिएका थिए । भारतको हरियाणा राज्यको हिसारस्थित केन्द्रीय भैंस अनुसन्धान संस्थानबाट मङ्गलबार दिउँसो १५ वटा मुर्रा जातका राँगा लोड गरेर पठाइएका दुई वटा ट्रक बुधबार अपराह्न ३ बजे रुपैडिहास्थित भारतीय कस्टममा पुगे पनि विभिन्न कागजपत्र नभएको भन्दै कस्टमले रोकेको राँगा हस्तान्तरण गर्न आउनुभएका भारतका भेटनरी डाक्टर राजेश कुमारले बताउनुभयो । उहाँले ट्रकलाई बेलुकी साढे ७
जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । प्रहरी कार्यालयमा क्षति पुगेसँगै प्रहरी त्रिपालको सहारामा काम गर्न बाध्य भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती बक्यौता महसुल उठाउन स्थानीय निकाय तथा सरोकारवालालाई सातदिने अल्टिमेटम दिएको छ । प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै एक साताभित्र बक्यौता महसुल नबुझाए लाइन काटिने जनाएको छ । प्राधिकरणले लामो प्रयासका बाबजुद यस्तो महसुल उठाउन नसकेपछि रकम शोधभर्नाका लागि सङ्घीय सरकार अन्तर्गत अर्थ मन्त्रालयलाई आग्रह गरेको थियो तर अर्थ मन्त्रालयले सडक बत्तीबापतको भुक्तानीको जिम्मा सम्बन्धित स्थानीय तहकै हुने र उनीहरूमार्फत नै असुल गर्न पत्राचार गरेपछि प्राधिकरणले पछिल्लो पहल थालेको हो । प्राधिकरणले गत असोज २१ गते यस्तो महसुलसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको थियो ।
ललितपुर महानगरपालिकाले आधुनिक प्रविधि जडानयुक्त दुई वटा दमकल सञ्चालनमा ल्याएको छ । आगलागीका बेला करिब १२० मिटर टाढा र २० तलाको उचाइसम्म पनि पानीको फोहोरा हान्न सक्ने दुई वटा दमकल बुधबारदेखि सञ्चालनमा ल्याएको हो । महानगरपालिकाले विपत् व्यवस्थानका लागि इसुजी कम्पनीका दमकल सञ्चालनमा ल्याएको हो । आगलागी नियन्त्रण गर्न महानगरको प्राङ्गणमा बुधबार दमकलद्वारा नमुना प्रदर्शन गरिएको थियो । प्रदर्शनको अवलोकन गर्दै महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले दमकल सञ्चालनको शुभारम्भ गर्नुभएको थियो । जापानी कम्पनीका उक्त दमकल पाँच करोड ६५ लाख रुपियाँमा महानगरपालिकाले खरिद गरेको कार्यव्रmममा जानकारी गराइएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीको सपना कहिल्यै पूरा नहुने बताउनुभएको छ । नेपाल सरकारको मन्त्रीपरिषद्ले सरकारी लिखतमा नेपाल संवत्समेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गरिने कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ ले सो कुरा बताउनुभएको हो । “आजको परिवर्तन साना दुःखले आएको होइन । यो व्यवस्थाका निम्ति हजारौँले रगत बगाएका छन् । हजारौँले जेलनेल भोगेका छन् । लाखौँ जनताले सङ्घर्ष गरेका छन्,” उहाँले भन्नुभयो, “यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हुने छ ।”
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ र व्यवसायी दुर्गा प्रसाईं समर्थकले आयोजना गर्न लागेका छुट्टाछुट्टै प्रदर्शनविरुद्ध सुरक्षार्थ काठमाडौँ उपत्यकामा एकीकृत सुरक्षा योजना लागु गरिएको छ । बिहीबार दिउँसो प्रसाईं समर्थकले बल्खु र युवासङ्घले तीनकुनेमा प्रदर्शनको तयारी गरेपछि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको बैठकले एकीकृत सुरक्षा योजना लागु गर्ने निर्णय गरेको हो ।