खानेपानीका मुहान सुक्न नदिन काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा पुनर्भरण (रिचार्ज) पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले विगत केही वर्षदेखि सामुदायिक वनभित्र रिचार्ज पोखरी, मुहान संरक्षण र सिमसार संरक्षणको काम गर्दै आएको छ भने केही स्थानीय तहले समेत रिचार्ज पोखरी र मुहान संरक्षणको काम गर्दै आएका छन् ।
सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका विभिन्न देवीदेवताका मन्दिरमा मेला (जात्रा) को रौनक सुरु भएको छ । पुख्र्यौली थलो छाडेर तराई झरेकासमेत इष्टकुल देवीदेवताको पूजाआजा गर्न पहाड चढ्न थालेका छन् । स्थानीय देवीदेवताका मन्दिरहरू सिँगारिन थालेका छन् भने देवीदेवताको पूजाआजा गर्न मेला, जात्रा आयोजना हुन थालेको छ । डडेलधुराको अमरगढी नगरपालिका–७, पोखराको खोला किनारमा रहेको शैलेश्वर महादेव मसानमा आइतबार राति पूजाआजासहित मेला लागेको वडाध्यक्ष खड्कबहादुर बोहराले बताउनुभयो ।
साबिकका धारापानी, ताचैबगरछाप र थोँचेलगायत गाविस मिलेर बनेको नासोँ गाउँपालिकामा नौ वटा वडा समावेश छन् । सडक पहुँच पुगे पनि साना चारपाङ्ग्रे सवारीबाहेक अन्य सवारीसाधन यहाँ चल्दैनन् । नासोँ गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्य र पर्यटन प्राथमिकतामा राखी विकास गरिरहेको छ । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित धनबहादुर गुरुङले पालिकाको विकास र समृद्धिमा नै योजनालाई केन्द्रित गर्दै आउनुभएको छ । अध्यक्ष गुरुङसँग गाउँपालिकाका विकास निर्माण, योजना र विकासका लागि देखिएका चुनौती तथा सम्भावनाका सन्दर्भमा गोरखापत्रका पत्रकार यदुप्रसाद भट्टले गर्नुभएको कुराकानी :
सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।
नेपालको पूर्वी तराई भेगमा मनाइने विभिन्न धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्वमध्ये अत्यन्त लोकप्रिय पर्व ‘सामाचकेवा’ पर्व छठको एक दिनपूर्व गरिने खरना विधिको दिनबाट प्रारम्भ भएको छ । तराई मधेशमा छठपर्व आगमनसँगै चेलीबेटी र माइती पक्षबिच रहेको अटुट श्रद्धा एवं प्रेमको प्रतीक सामाचकेवा पर्व शनिबारबाट प्रारम्भ भएको हो । दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामनासहित गाउँदै खेल्दै रमाउँदै लोकपर्व कात्तिक शुक्ल पञ्चमी अर्थात् छठपर्वको खरनादेखि पूर्णिमाको दिनसम्म मनाइने गरिन्छ । नौदेखि ११ औँ दिनसम्म खेलिने उक्त पर्वमा चङ्गेरा, डलिया (बाँसले बनाइएको डालो) मा माटोेले बनाइएका रङ्गीचङ्गी सामाचकेवा, चुगलालगायतका आकृति बनाई दियो बालेर चोक वा टोल, गल्ली, सडकमा गएर प्रत्येक साँझदेखि मध्यरातसम्म सामा खेलिन्छ ।
घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन थियो ।
पाँचखपन नगरपालिकाका २६ सुकुमवासी परिवारले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् । राष्ट्रिय भूमि आयोग सङ्खुवासभाको सहजीकरणमा पाँचखपन नगरपालिकाले भूमिहीन दलित तथा सुकुमवासीलाई जग्गा उपलब्ध गराएको हो । राष्ट्रिय भूमि आयोग सङ्खुवासभाका अध्यक्ष शङ्करमान कँडेलको अध्यक्षता तथा सङ्घीय सांसद दीपक खड्काको विशेष उपस्थितिमा आयोजित कार्यव्रmममा जग्गाधनी पुर्जा वितरण गरियो । भूमिहीन तथा सुकुमवासी छनोटका विभिन्न चरण पार गरेकालाई जग्गा उपलब्ध गराइएको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले जानकारी दिनुभयो ।
निर्माणाधीन गाईघाट–फत्तेपुर सडकको काम बजेट अभावमा अलपत्र परेको छ । सदरमुकाम जोड्ने उदयपुर जिल्लाकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकलाई दुई लेनको बनाएर कालोपत्रे गर्ने गरी अघिल्लो वर्ष सुरु गरिएको सडक निर्माणको काम अहिले रकम अभाव हुँदा अलपत्र परेको हो ।
सरकार र तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी माओवादीबिच सशस्त्र द्वन्द्व अन्त्य गर्न बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको मङ्गलबार १७ वर्ष पुगेको छ । २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताले १० वर्षे सशस्त्र द्वन्द्व अन्त्य ग¥यो । त्यही जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बन्यो । समानुपातिकता, समावेशिताका आधारमा सङ्घीयतामार्फत शासकीय विकेन्द्रीकरण भयो । जननिर्वाचित तीन तहका सरकारमार्फत गाउँमा विकासको लहर
नेपाल र संयुक्त अधिराज्य(बेलायत) सरकारबिच भूतपूर्व गोर्खाको पेन्सन र सुविधालगायतका विषयमा बेलायतको रक्षा मन्त्रालयमा बुधवार मन्त्री स्तरीय वार्ता सम्पन्न भएको छ ।
सूचना, ज्ञान र अनुभव मानव मस्तिष्कलाई फराकिलो बनाउने तत्व हुन् । मस्तिष्कलाई फराकिलो नबनाई समाज परिवर्तनको परिकल्पना गर्न सकिँदैन । समाजको इतिहास, वर्तमान र सम्भावित भविष्यका बारेमा गरिने अध्ययनले मानिसको मस्तिष्कलाई फराकिलो बनाउँछ । समाज विज्ञानको अध्ययन मानव मस्तिष्कलाई फराकिलो बनाउने आधार हो । संस्कृति र संस्कारसँगै सामाजिक धरातल तयार हुन्छ । समग्र समाजको अध्ययन जति बढी गरिन्छ, त्यति
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित सिक्रेमा हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण कार्य सुरु गरिएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र पर्यटकीय क्षेत्र नगरकोट नजिकै रहेको सो ठाउँमा पर्यटकलाई आकर्षण गर्नका लागि पर्यटकीय ताल निर्माण थालिएको हो ।
पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सवारीचालकले सवारीसाधन चलाउँदा अनावश्यक हर्न बजाउने, तीव्र गतिमा सवारीसाधन चलाउने र मोबाइल फोनको प्रयोग गर्ने जस्ता व्यवहार आमरूपमा देख्न पाइन्छ । यसै गरी कतिपय चालकले सवारीसाधन चलाएकै बेला पनि मादक पदार्थ तथा लागुऔषध सेवन गर्ने गरेको समेत भेटिन्छ । जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता नदिने, सडक लेन उल्लङ्घन गर्ने तथा अव्यवस्थित पार्किङ गर्ने जस्ता व्यवहार पनि हामीले देखेकै छौँ । यति मात्र होइन भाडाका सवारीले नि
नेपाली काङ्ग्रेस मोरङको पहिलो जिल्ला सम्मेलनले पार्टीको विधानमा भएका विभिन्न व्यवस्था संशोधनको प्रस्ताव गरेको छ । बुधवार राति मोरङको सुन्दरहरैँचा–९ विराट चौकमा सम्पन्न भएको जिल्ला सम्मेलनले पारित गरेको संशोधन प्रस्ताव मोरङ काङ्ग्रेसले आगामी पुसमा हुने महासमिति बैठकमा टेबल गर्ने मोरङ काङ्ग्रेसका सभापति एवम् सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले बताउनुभयो ।