• २१ पुस २०८१, आइतबार

सुकुमवासीले पाए जग्गा

blog

सङ्खुवासभा समाचारदाता

सङ्खुवासभा, मङ्सिर ७ गते । पाँचखपन नगरपालिकाका २६ सुकुमवासी परिवारले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् । राष्ट्रिय भूमि आयोग सङ्खुवासभाको सहजीकरणमा पाँचखपन नगरपालिकाले भूमिहीन दलित तथा सुकुमवासीलाई जग्गा उपलब्ध गराएको हो ।

राष्ट्रिय भूमि आयोग सङ्खुवासभाका अध्यक्ष शङ्करमान कँडेलको अध्यक्षता तथा सङ्घीय सांसद दीपक खड्काको विशेष उपस्थितिमा आयोजित कार्यव्रmममा जग्गाधनी पुर्जा वितरण गरियो । भूमिहीन तथा सुकुमवासी छनोटका विभिन्न चरण पार गरेकालाई जग्गा उपलब्ध गराइएको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले जानकारी दिनुभयो । 

नगर कार्यपालिकाको बैठकले २८ जनाको नाम सिफारिस गरेर पठाएकोमा दुई जनाको विवरणउपर थप अध्ययन गर्नुपर्ने भएकाले तत्काल २६ जनालाई मात्र लालपुर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । बाँकी दुई परिवारले पनि जग्गा पाउने वा नपाउनेबारे छिट्टै टुङ्गो लगाइने नगर प्रमुख राईले बताउनुभयो ।

सुकुमवासीलाई पाँचखपन नगरपालिकाको केन्द्रमा रहेको सरकारी जग्गा उपलब्ध गराइएको हो । पाँचखपन नगरपालिकाको वाना बजारदेखि सभापोखरी गाउँपालिका जाने मुख्य सडक किनारमा उपलब्ध गराइएको जग्गा सम्याएर चाँडै घर निर्माण गर्ने प्रव्रिmया सुरु गरिने गाउँपालिकाले जनाएको छ । 

घर निर्माण गर्न घडेरी सम्याउने र घर निर्माणका लागि समेत नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख राईले प्रतिबद्धता जनाउनुभयो । “व्यापार व्यवसाय गरेर पनि जीविका चलाउन सकियोस् भनी बजार क्षेत्रको मुख्य सडक किनारको जग्गा दिएका छौँ । घर निर्माण गरी स्वरोजगार बन्न पनि पालिकाले सहयोग गर्छ,” नगर प्रमुख राईले भन्नुभयो । भूमिहीन तथा सुकुमवासी यसअघि आफन्त तथा गाउँलेको जमिनमा आश्रय लिएर बस्दै आएका थिए । अहिले भने करेसाबारीसहित एक घर अट्ने जमिनको मालिक बनेका छन् । यसरी प्राप्त जमिन कम्तीमा १० वर्षसम्म बिव्रmी गर्न नपाउने र त्यसपछि पनि भूमिहीन हुने गरी बेच्न नपाउने व्यवस्था गरिएको राष्ट्रिय भूमि आयोग सङ्खुवासभाका अध्यक्ष कँडेलले जानकारी दिनुभयो । जिल्लाका अन्य नौ स्थानीय तहमा पनि भूमिहीन तथा सुकुमवासीको लगत सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो ।