स्याङ्जाको वालिङस्थित वालिङ बहुमुखी क्याम्पसमा आर्थिक सङ्कटकाल घोषणा गरिएको छ। क्याम्पस व्यवस्थापन समितिले चार करोड रुपियाँ दायित्व भुक्तानीमा समस्या देखिएपछि आर्थिक सङ्कटकाल घोषणा गर्ने निर्णय गरेको हो। विश्वविद्यालय अनुदान आयोगद्वारा क्युएए प्रमाणित जिल्लाकै पुरानो शैक्षिक धरोहरका रूपमा परिचित यस क्याम्पसलाई आर्थिक सङ्कटबाट जोगाउन सङ्कटकाल घोषणा गरिएको व्यवस्थापन समितिका अध्यक्ष हुमकान्त कोइरालाले बताउनुभयो।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले प्रतिकूल मौसमका कारण बर्सेनि हुने खडेरी तथा सुक्खालाई मध्यनजर गर्दै सुक्खा सहन सक्ने धानका जातको विकासमा जोड दिएको छ । चाहिएका बेला पानी नपर्ने, नचाहिएका बेला पानी पर्ने हुनाले किसान समस्यामा परेका छन् । त्यसको मध्यनजर गर्दै सुक्खा तथा कम सिँचाइ हुने ठाउँमा कसरी धान उत्पादन गर्न सकिन्छ, त्यसका लागि विभिन्न जातको विकासमा लागेको नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको बताउनुभएको छ । राजधानीमा आयोजित व्यवसाय शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले यसलाई प्रस्ट पारेकोसमेत बताउनुभयो ।
यो वर्ष अहिलेसम्म खोलामा बाढी नआएकाले सर्लाहीको चुरे भेगमा खोलाको बगरबाटै यातायात सञ्चालन भइरहेका छन्। सडक नपुगेको जिल्लाको उत्तरी चुरे भेगका विकट बस्तीमा हिउँदयामभर खोलाको बगरबाट यातायात सञ्चालन हुन्छन्। लालबन्दी नगरपालिकाको वडा नं. १४ नारायण खोला, वडा नं. १५ परवानीपुरको माथिल्लो भेग, ईश्वरपुर नगरपालिका वडा नं. १२ पिपदमार र हरिवन नगरपालिका वडा नं. १ को माथिल्लो चुरेबस्तीमा खोलाको बगर हुँदै आवतजावत गर्नुपर्ने बाध्यता छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमसञ्चार माध्यममा तथ्यपरक र एकरूपता हुनुपर्ने बताउनुभएको छ। राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उहाँले समान घटनामा फरक तथ्यसहित फरक समाचार आउन नहुने बताउनुभयो। “एउटै घटनाका बारेमा जति वटा मिडिया हे-यो, उति किसिमका समाचार आएका हुन्छन्। यस्ता कुराले जनतामा भ्रम उत्पन्न गर्छ। त्यसैले विचारमा आफ्नो मत जाहेर गरे पनि समाचारमा एकरूपता हुनुपर्छ,” उहाँले भन्नुभयो।
जारी सिजनमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिए पनि बाटो नबनेका कारण आरोहण अवधि छोटिने भएको छ । विगतका वर्षमा यति बेला आरोहणका लागि (डोरी टाँग्ने) बाटो तयार भइसकेका हुन्थे तर यस पटक प्रतिकूल मौसमका कारण बाटो तयार नहुँदा आरोहण अवधि छोटिने भएको हो ।
गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष प्रवेश तथा संस्थानको ६१ औँ वार्षिकोत्सवको अवसरमा आइतबार राष्ट्रिय सभागृहमा पुराना तस्बिर प्रदर्शनी गरिएको छ । गोरखापत्र संस्थानद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तस्बिरहरूको अवलोकन गर्नुभयो । सो क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तस्बिरहरूबारे जिज्ञाशा राख्नुभएको थियो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आइतबार ‘चलचित्र र क्यानभास’ विषयक अन्तव्रिर्mया सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘चित्रकलामा चलचित्र र चलचित्रमा चित्रकला’ विषयमा आफ्नो धारणा राख्नुभयो । उहाँले कार्यव्रmमपछि आफू पुन जागृत भएर चित्र रचना गर्नेतर्फ अग्रसर हुने बताउनुभयो ।
बुद्ध जयन्तीको अवसरमा मन्दिरमा चालिस मिटरको लिङ्गो गाड्ने चलन हुम्लामा अहिले पनि निरन्तर रूपमा चलिरहेको छ । दुई वर्षको अन्तरालमा लिङ्गो गाडिँदै आएको छ । सिमकोट गाउँपालिका–७ मा पर्ने डाँडाफया गाउँमा चालिस मिटर लामो लिङ्गो मन्दिरमा गाडेर देवतालाई खुसी पार्ने प्रचलन अनुसार सो गरिएको हो ।
सुक्खा क्षेत्रमा पोखरी निर्माण गर्दा वर्षामा परेको पानी सङ्कलन हुने र त्यसबाट पुनर्भरण (रिचार्ज) भई पानीका मुहान संरक्षण हुने विश्वासका साथ कृत्रिम पोखरी निर्माण गर्ने गरिन्छ। रामेछाप जिल्लाका केही स्थानीय तहले विभिन्न गैरसरकारी संस्थासँग मिलेर पोखरी निर्माण गर्न सुरु गरेका थिए तर यो अभियानले निरन्तरता पाउन सकेको थिएन।
मुलुकका अधिकांश चिनी मिलले समयमै भुक्तानी नगरेको भनी किसानको गुनासो बढिरहेका बेला महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले भने यो वर्ष खरिद गरेका उखुको सबै भुक्तानी गरेको जनाएको छ । मिलले क्रसिङ सिजन २०७९÷८० लागि २६ लाख ३० हजार ७४७ क्विन्टल उखु खरिद गरी दुई लाख ४२ हजार तीन क्विन्टल चिनी उत्पादन गरेको थियो ।
काठमाडौँ उपत्यकाको इतिहास जोडिएको टुकुचा खोला खोला नै भएको उच्च अदालत पाटनले फैसला गरेको छ । खोला नभई ढल भएको भन्दै अदालतमा परेको मुद्दामा यस्तो फैसला आएसँगै काठमाडौँ महानगरपालिकाले तत्काल खोला मिचिएर बनाइएका संरचना भत्काउने र खोलालाई पूर्णता दिने काम चाँडै सुरु गर्ने जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्धन गर्ने नीति सरकारले लिएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखेर एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल भइरहेको बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आउँदो आर्थिक वर्षदेखि पुनर्संरचना गरी कार्यान्वयनमा ल्याउने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त कार्यक्रमको निर्देशिका संशोधन गरेर आउँदो आर्थिक वर्षदेखि पुनर्संरचना गर्ने तयारी गरेको हो । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले विगत पाँच वर्षदेखि सञ्चालित कार्यक्रमको कार्यान्वयन प्रभावकारी नभएको भनेर चौतर्फी आलोचना भएपछि आगामी वर्षदेखि यसको ढाँचा परिवर्तन गरेर सञ्चालन गर्ने गरी निर्देशिका संशोधन गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने निर्देशिकाको मस्यौदा अर्थ मन्त्रालयबाट स्वीकृति भएर आउने चरणमा रहेकाले छिट्टै कार्यान्वयनमा आउने उहाँको भनाइ छ ।
झापाको कनकाई नगरपालिका–३ की ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वैशाख ८ गते घरमा झगडा हुँदा श्रीमान् ५३ बर्षीय टेकबहादुर कार्की घाइते भएको र उपचारको क्रममा उनको मृत्यु भएको थियो ।