• ७ जेठ २०८१, सोमबार

काठमाडौंमा भूकम्पको धक्का : चित्लाङ केन्द्रबिन्दुमा ४.५ म्यागनिच्युट मापन

blog

काठमाडौं, मङ्सिर ७ गते । काठमाडौंमा बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ । निद्रामा सुतिरहेका मानिसहरू घर बाहिरसम्म हल्ला गर्दै निस्केका देखिन्थे । 

रातको करिब १ बजेर १९ मिनेटको समयमा भूकम्पको धक्का काठमाडौंको उपत्यकामा गरिएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार ४.५ म्यागनिच्युटको भूकम्प गएको छ ।  मकवानपुर जिल्लाको चित्लाङ आसपासको क्षेत्रमा केन्द्रबिन्दु भएर यो भूकम्प गएको हो । 

चित्लाङ आसपासको केन्द्रबिन्दु भएर गएको यो भूकम्पको  धक्का काठमाडौं उपत्यकामा समेत महसुस गराएको हो ।