• २४ वैशाख २०८१, सोमबार

बल्खुमा दुई समूहबिच झडप र ढुङ्गा हानाहान

blog

बल्खुमा दुई समूहबिच झडप र ढुङ्गा हानाहान । तस्बिर : कबिन अधिकारी

काठमाडौं, मङ्सिर ७ गते । काठमाडौँको बल्खु चोकमा ढुङ्गामुढा र तोडफोड भएको छ ।

बिहीबार कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा सङ्घको बाइक र्‍यालीमाथि बल्खुचोकमा दुर्गा प्रसाईँको समूहले ढुङ्गा प्रहार गरेको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही समयमा युवासङ्घको र्‍याली बल्खु हुँदै तीनकुने जाँदै थियो ।

यद्यपि, प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि अहिले अवस्था सामान्य छ । त्यस क्षेत्रमा सुरक्षाकर्मी बाक्लो रूपमा परिचालन गरिएको छ ।