• ३ जेठ २०८३, आइतबार

फिल्म ‘चित्रा’ पुस २७ बाट प्रदर्शन हुने

blog

फडिन्द्र अधिकारी

लेखनाथ, मङ्सिर ७ गते । पोखराबाट निर्माण भएको चलचित्र 'चित्रा'को छायाङ्कन सकिएको छ । फिल्मका कार्यकारी निर्माता एवम् कलाकार सन्तोष अधिकारीले 'चित्रा' आगामी पुस २७ गते रिलिज हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पारिवारिक विषयवस्तुमा आधारित चलचित्र 'चित्रा' बाबुछोरीको कथा भएको निर्देशक घनश्याम लामिछानेले उल्लेख गर्नुभयो । 

निर्देशक लामिछानेले चित्रा चल्ने प्रमुख आधार भनेकै कन्टेन्ट भएको दाबी गर्नुभयो । आफूले निर्देशन गरेका यसअघिका सिनेमाभन्दा चित्रा फरक बनेको उहाँको भनाइ छ । कास्कीका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको चित्रामा सन्तोष अधिकारीसँगै मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दिपेश गजुरल लगायतका कलाकारको अभिनय छ ।

अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको सिनेमामा राजनराज शिवाकोटीको सङ्गीत छ भने स्वरमा उहाँलाई गायिका मिलन अमात्यले साथ दिनुभएको छ ।  महेश पौडेलले छायाङ्कन गरेको सिनेमामा सम्पादनको भूमिकामा सन्देश शाह हुनुहुन्छ । फिल्मको निर्माता आशीष थापा मगर हुनुहुन्छ ।