• ४ जेठ २०८१, शुक्रबार

तीनकुने र बल्खु क्षेत्रमा सवारी अवरोध, अन्य क्षेत्रमा सामान्य

blog

तीनकुनेमा युवा सङ्घले निकालेको र्‍याली ।

काठमाडौं, मङ्सिर ७ गते । काठमाडौँको तीनकुने र बल्खु क्षेत्रमा सवारीसाधन अवरोध भएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार तीनकुनेमा युवा सङ्घको र्‍याली र बल्खुमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको मोटरसाइकल र्‍यालीका कारण उक्त क्षेत्रमा सवारीसाधन अवरोध भएको हो ।

अन्य क्षेत्र बालाजुदेखि रत्नपार्क, कलङ्की हुँदै रत्नपार्क, ललितपुर हुँदै रत्नपार्क चल्ने सवारीसाधन भने विना अवरोध सञ्चालन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । अन्य भित्री सडकमा पनि सवारी आवागमनमा कुनै समस्या नरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौँको बल्खु चोकमा दुई समूहबिच ढुङ्गामुढा र तोडफोड भएको छ । प्रहरी जवान धनराज खत्रीका अनुसार कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा सङ्घको बाइक र्‍यालीमाथि बल्खु चोकमा ढुङ्गा प्रहार भएपछि झडप भएको थियो । अहिले स्थिति नियन्त्रणमा आइसकेको उहाँको भनाइ छ । यस क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । 

यो पनि पढ्नुहोस

बल्खुमा दुई समूहबिच झडप र ढुङ्गा हानाहान