काठमाडौं, मङ्सिर ७ गते । केहीबेर तनावपूर्ण बनेको काठमाडौंको बल्खु क्षेत्रको अवस्था अहिले सामान्य बन्दै गएको छ ।
काठमाडौंको बल्खु क्षेत्रमा दुर्गा प्रसाईं समर्थकले केहीबेर सुरक्षा घेरा तोड्नका लागि ढुङ्गामुढा गरे पनि अहिले भने स्थिति सामान्य बन्दै गएको प्रहरी कार्यालय बल्खुले जनाएको छ ।
प्रदर्शनकारी बल्खु क्षेत्रबाट कालिमाटीतर्फ जान लागेपछि सुरक्षा निकायले भीडलाई रोक्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको थियो ।
अहिले प्रदर्शनकारी शान्तिपूर्ण रुपमा भेला भइरहेको र कुनै अप्रिय काम नगरेको प्रहरी कार्यालय बल्खुले जनाएको छ।