• ४ जेठ २०८१, शुक्रबार

प्रसाईं समर्थकद्वारा बल्खुमा प्रदर्शन जारी

blog

काठमाडौँको बल्खुमा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरू । तस्बिर : मनोजरत्न शाही

बल्खु (काठमाडौँ), मङ्सिर ७ गते । काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समर्थकहरूको प्रदर्शन जारी राखेका छन् । बल्खुस्थित जारी प्रदर्शनमा प्रदर्शनकारीले राजतन्त्रको पक्ष र गणतन्त्रको विपक्षमा नारा लगाएका छन् । 

प्रदर्शनका कारण बल्खु, एकान्तकुना, सानेपा, नयाँबाटो लगायतका क्षेत्रमा सवारी आवतजावत ठप्प भएको छ । प्रदर्शनकारी नेपालको राष्ट्रिय झण्डासहित सडकमा उत्रिएका छन् । सो क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ 


बिहान युवा सङ्घ र प्रसाईँ समर्थकबिच झडप र ढुङ्गा हानाहान भए पनि पछिल्लो समय प्रदर्शन शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ ।