कृषि क्षेत्रमा काम गर्ने जनशक्ति धमाधम भारत पलायन भएपछि दक्षिण मोरङका किसान धान काट्न पालो कुरिरहेका छन् ।
नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले नेपालको सबैभन्दा ठुलो रोग भ्रष्टाचार भएको बताउनुभएको छ । गत फागुन ३ गते राति काठमाण्डौंको आफ्नै निवासमा ग्यास दुर्घटनामा परी गम्भीर घाइते भई लामो समयको उपचारपश्चात पहिलो पटक गृह जिल्ला गुल्मी आउनुभएका नेता भण्डारीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीबीच शिष्टाचार भेट भएको छ ।
बाजुराको बूढीगङ्गा नगरपालिका –२ का तुलाराम नेपालीको परिवार यतिबेला खुला आकाशमुनि त्रिपालको बासमा छन् ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिलेको प्रश्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथिको नभएको बताउनुभएको छ ।
बाँकेको एक नहरमा डुबेका बालकलाई उद्धार गर्न गएका एक व्यक्तिको नहरमै डुबेर मृत्यु भएको छ । नरैनापुर गाउँपालिका –६, कोहलाका ३१ बर्षीय बच्छराज धोबीको राप्ती नदीको सिक्टा पूर्वी नहरमा डुबेर बिहीबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहनुभएका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासुचीमा सूचीकृत गरिने बताउनुभएको छ ।
मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ ।
व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।
पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेश सेमिफाइल प्रवेश गरेको छ । शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमतीले सेमीफाइनल यात्रा तय गरेको हो ।
धनगढीका वडाहरुमा ‘एकीकृत मोबाइल एप’ सुरु भएको छ ।
पश्चिम नेपालका विभिन्न क्षेत्रमा केन्द्रित रही विषय विज्ञको सहभागिता रहेको नेपालगञ्ज कन्क्लेक्टिभ शुक्रबार विहानदेखि सुरु भएको छ ।
शुक्रबार गाजामा बन्धक बनाइएका १३ जनालाई रिहा गरिने र त्यसपछि इजरायली जेलबाट केही सङ्ख्यामा प्यालेस्टिनी कैदीलाई रिहा गरिने कतारी मध्यस्थताकर्ताहरूले बताएका छन् ।
कनकाई नगर खेलकुद विकास समितिद्वारा यहाँस्थित कनकाई माविको खेल मैदानमा आयोजित अन्तर वडा टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ८ को टिमले हात पारेको छ ।