• १५ मंसिर २०८१, शनिबार

मुस्ताक अहमद साहको निधन

blog

निधन भएका बाँकेका प्रसिद्ध सुफी सन्त मुस्ताक अहमद साह ।

सिराज खान 

नेपालगन्ज, मङ्सिर ८ गते । बाँकेको नरैनापुर गाउँपालिका निवासी प्रसिद्ध सुफी सन्त, धार्मिक सदभावका अगुवा सैयद मुस्ताक अहमद साहको ७८ वर्षको उमेरमा निधन भएको छ । 

केही समयदेखि उपचारको क्रममा भारतको दिल्लीस्थित मेक्स अस्पतालमा भर्ना हुनुभएका सुफी सन्त साहको विहीबार राति उपचारकै क्रममा निधन भएको उहाँका भाइ तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद साहले बताउनुभयो । 

बाँकेमा हिन्दु मुस्लिम एकताको प्रतीकको रुपमा रहेको नरैनापुरको प्रसिद्ध धार्मिक स्थल आस्ताना ए हजरत खलीफा नूर अहमद साहको मजार शरीफको उहाँ उत्तराधिकारी हुनुहुन्थ्यो । साहले कुरानका साथै श्रीमद् भगवद गीताको पनि अध्ययन गर्नुभएको थियो ।

सुफि साहको निधनबाट नरैनापुर गाउँपालिकाका साथै समग्र बाँकेमा रहनुभएका उहाँका अनुवाईहरु गहिरो शोकमा हुनुहुन्छ । साहको शवलाई भारतको दिल्लीबाट बाँकेको नरैनापुर ल्याईंदैगरेको जनाउँदै पालिका अध्यक्ष साहले शुक्रवार बेलुकीसम्म शव नरैनापुर ल्याइने र शनिवार विहान ११ बजे ईस्लामिक परम्पराअनुसार नरैनापुर २ मा अन्तिम संस्कार गरिने बताउनुभयो ।