• १० मंसिर २०८१, सोमबार

निर्दोष मृत्यु (कविता)

blog

मैले मिसाइल त उसको छातीमा दागेँ

तर त्यहाँ मर्दै छ उसको आकाश जस्तो भावना

कोमल प्रेम र जीवन

यता उसले दागेको लेजर मिसाइलले मेरो छाती रक्ताम्य छ

र मर्दै छ मेरो बगैँचा जस्तो संसार

हुस्सुभित्रको पर्वत जस्तो भाव र जीवन

न त्यो युवकले मलाई चिन्थ्यो

न मैले उसलाई

निरन्तर भरिएको विस्फोटक घृणाले हामी पूर्णतः भरियौँ

र पढ्क्यौँ

ऊ पनि आँखा पल्टाउँदै होला !

म जस्तै !

आँसुले निभाउन सक्ला र हामीले सल्काएको आगो ?