पुतलीबजार नगरपालिका–१ मा ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले स्रष्टा/द्रष्टा सम्मान, पुरस्कार वितरण तथा ज्याग्दीखोलाको तरङ्ग–३२ को लोकापर्ण कार्यक्रम गरेको छ ।
जाडो सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङगु हराउनु पर्नेमा तनहुँमा अझै सङ्क्रमण रोकिएको छैन। अझै केही दिन डेङ्गु देखा पर्नेक्रम जारी हुनसक्ने भएकोले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वको साझा समस्याका रूपमा रहेको कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरूलाई नै सबैभन्दा धेरै जोखिममा पुर्याएको बताउनुभएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका नागरिकले नुनदेखि सुन एक्लैले फलाउने नभई कसैले कोदोको, कसैले मकैको अर्थात् हरेकले अलगअलग खेती गरेर कृषिमा व्यावसायिकीकरण गर्नु आवश्यक रहेको बताउनुभएको छ।
पवित्र धार्मिक तथा पर्यटकीय स्थल खार्पुनाथ शिवालय क्षेत्रको निर्माण कार्यमा बाधा आएको छ। सम्झौता अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म बजेटको व्यवस्थापन नगर्दा सुरु भएको निर्माण कार्य अगाडि बढ्न कठिन भएको हो।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४ सै घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले नागरिक समाजको भूमिकालाई प्रभावकारी बनाउन ‘म नागरिक मेरो कर्तव्य’ अभियान सुरु गरेको छ। मानिसले आफ्नो अधिकार मात्रै खोज्ने तर आफ्नो कर्तव्य पुरा नगर्ने बानीले उपलब्धिपूर्ण समस्या समाधान हुन नसकेको अवस्थामा यो अभियान सञ्चालन गरिएको हो।
बालुवाटारमा विशाल खड्काको ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक लोकार्पण गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो ।
नेपाली कांग्रेसका शीर्ष नेताहरू मङ्सिर ११ गते सोमबार नवलपुर आउनुहुने भएको छ । पार्टीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री डा.शशाङ्क कोइराला, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे लगायतका नेताहरू नवलपुर आउन लाग्नु भएको हो ।
जाजरकोटमा एक युवाको मृत्यु भएको छ । कुशे गाउँपालिका–२ का ३१ वर्षीय जनक शाहीको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताउनुभएको छ ।
म्याग्दीको बेनीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा प्रभातफेरी गरिएको छ । बेनी नगरपालिकाले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा महिला हिंसाविरुद्धका प्लेकार्डसहित नारा लगाउँदै बजार परिक्रमा गरिएको छ ।
सामुदायिक वनले साधारण सभामा बजेट तथा योजना पारित गरी खर्च गर्नुपर्ने डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले बताउनुभएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले महिला र बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य गर्न अष्ट्रेलियाली पुरुषहरूलाई आह्वान गर्नुभएको छ ।