कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायिक समितिलाई जनताले दुःख नपाउने गरी काम गर्न निर्देशन दिनुभएको छ।
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले आज काठमाडौं उपत्यकामा वर्षाको सम्भावना रहेको छ ।
बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग परराष्ट्रमन्त्री एनपी साउदले भेटवार्ता गर्नुभएको छ। बङ्गलादेशको राजधानी ढाकामा उहाँहरुबीच आइतबार भेटवार्ता भएको हो।
सरकारले नवजात शिशुमा छिटो सास फेर्ने (प्रति मिनेट ६० वा सोभन्दा बढी पटक),कोखा हान्ने जस्ता लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा लैजान आग्रह गरेको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ नेपाली कांग्रेस नेता पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई दोस्रो पटक जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।
नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शीर्ष तीन दलका नेताबीच संसदीय समिति चलायमान बनाउने र विधेयक अघि बढाउने कुरामा सहमति भएको जानकारी दिनुभएको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा सीमित भएको छ।
नेकपा (एमाले)का सचेतक महेश बर्तौला हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत हुनुहुन्छ।
महोत्तरी जिल्लाको हलखोरीबाट प्रहरीले एक जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ ।
पाल्पामा माछा मार्ने क्रममा खोलामा डुबेर एक जना युवक वेपत्ता भएका छन् ।
नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीमा बाहिरबाट पशुवस्तु लैजान रोक लगाइएको छ ।
सन् २०२४ को टी–२० विश्वकपका लागि एसिया क्षेत्रको छनोट खेल नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १ खेखि १० तारिखसम्म त्रिवि मैदान कीर्तिपुर र मुलपानी मैदानमा छनोट खेल सञ्चालनका लागि अधिकार पाएको छ ।
वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन्।
स्पेनिस ला लिगा फुटबलको उपाधि दावेदार रियल म्याड्रिडले गेटाफेमाथि कठिन जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले गेटाफेलाई १-० गोलले हरायो ।
अर्गानिक मह भन्दै घर–घरमा बेच्दै हिड्ने तर बुटवलमै घर भाडा लिएर नक्कली मह उत्पादन गर्ने सात जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका –११ सिर्जनानगरमा चार वटा घर भाडामा लिई नक्कली महको कारखाना खोलको प्रहरीले जनाएको छ ।