स्याङ्जामा उत्पादन हुने आलु अब औद्योगिक प्रयोजनका लागि प्रयोग हुने भएको छ । सात स्थानीय तहका २६ समूहका कृषकले कम्पनीसँग किन्ने ग्यारेन्टी गरेर लगाउने पक्रिया अगाडी बढाएसँगै यहाँको आलु औद्योगिक प्रयोजनमा प्रयोग हुने पक्का भएको हो ।
गत चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घर–घरमा पुर्याउन आयोजनाको काम तीव्रगतिमा भइरहेको थियो । विसं २०७८ मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको अवस्थामा ठेकेदार कम्पनीले भुक्तानी नपाएको जनाउँदै यस वर्ष आयोजनाको समयाबधि लम्ब्याइएको छ ।
नेपाली काँग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका एक सय अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ ।
इलामको फाकफोकथुम गाउँपालिका– ७ का ५५ वर्षीय मनबहादुर लिम्बूको शव गोली लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
इलामको देउमाइ नगरपालिकामा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ । देउमाइ नगरपालिका–९ मादेबुङका ४५ वर्षीय खम्बासिंह पिठा कोटे मगरलाई दुई दिन अघि घर नजिकै बारीमा रहेको रुखमा रहेको अरिङ्गालले टोकेको थियो ।
सुनसरीको श्रीलङ्का टप्पुमा पशु तथा जनावरहरूको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण कार्यक्रम अन्तर्गत पशु तथा जनावरहरूको बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।
हिजोआज धान भित्राउन दाही हाल्ने परम्परा हराउँदै गएको छ । बेँसीसहर नगरपालिका–१० स्थित खासुर गाउँमा दाही हाल्दै । आधुनिक प्रविधि भित्र्याएसँगै र गोरु पाउन मुस्किल हुन थालेपछि पछिल्लो समयमा गोरुबाट दाही हाल्ने चलन हराउँदै गएको छ ।
खार्पुनाथ गाउँपालिका– ५ को खार्पु दोभानमा रहेको शिवालय क्षेत्रमा सोह्र फिट अग्लो शिवलिङ्ग निर्माण हुने भएको छ । धार्मिक तथा ऐतिहासिक महत्वको क्षेत्रमा गाउँपालिकाको सहयोगमा शिवलिङ्ग निर्माण गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले महाभारत कालीन समयसँग जोडिएको धार्मिक महत्वको शिवालय क्षेत्रमा अग्लो शिवलिङ्ग निर्माण गर्न लागिएको बताउनुभयो । निर्माण कार्य सुरु भएको जनाउँदै यसबाट शिवालय क्षेत्रको महत्व झनैबढ्ने उहाँले बताउनुभयो ।
मधेश प्रदेशको मिथिला क्षेत्रमा लोकप्रिय मिथिला चित्रकला शनिबार पोखरेलीले अवलोकन गरेका छन् । करिब ३० जना पोखरेली बालबालिका आर्ट वर्कसपमा समेत सहभागी भए । वर्कसपसँगै कला प्रदर्शनीसमेत भएको छ । विद्यालयमा विभिन्न खालका पेन्टिङ सिकेका बालबालिका पृथक् खालको मिथिला चित्रकला बनाउन व्यस्त भए । शनिबार दिउँसो करिब पाँच घण्टा भएको कला कार्यशालामा सहभागी बालबालिकाले उत्सुकतापूर्वक मिथिलाको कला सिक्नुका साथै सिर्जनासमेत गरेका छन् ।
कोशी प्रदेश सरकारले शनिबार अध्यादेशबाट ल्याएको बजेटमा केही परिमार्जन गरी प्रतिस्थापन विधेयक प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्रीसमेतको जिम्मेवारीमा रहनुभएका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभएको हो । संसदीय गठजोडको समस्याका कारण प्रदेश सभा बस्न नसकेका बेला गएको भदौमा कोशी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न शनिबार प्रदेश सभामा प्रतिस्थापन विधेयक पेस गरेको हो । तत्कालीन प्रदेश प्रमुख हिक्मत कार्कीको नेतृत्वमा भदौ २२ गते प्रदेश सरकार गठन भएलगत्तै बसेको पहिलो मन्त्रीपरिषद्ले अध्यादेश बजेट जारी गरेको थियो ।
कर्णाली प्रदेशमा विगतमा जस्तै यो वर्ष पनि बजेट कार्यान्वयनको गति सुस्त देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेश सरकारले अपेक्षित बजेट खर्च गर्न सकेन । बरु विगतको तुलनामा अझ कमजोर देखिएको छ । आव २०८०/८१ का लागि सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रुपियाँ बराबरको बजेट विनियोजन गरेको छ । बजेट कार्यान्वयनको सुरुवाती चार महिनामा ७.११ प्रतिशत मात्रै खर्च भएको छ । गत आवमा सरकारले यही अवधिमा ७.६३ प्रतिशत रकम कार्यान्वयन गरेको थियो ।
नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले विभिन्न प्राविधिक पक्षको स्तोन्नति गरिरहेको जनाएको छ । स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको लगानीमा सुरु भएको नेपालको पहिलो मनकामना केबुलकार सेवा २६ वर्ष प्रवेश गरिसकेको छ । केबुलकार सञ्चालक कम्पनीले मनकामना दर्शन प्रालिले आगामी दिनमा अझ स्तरीय दिने प्रतिबद्धता दिन विभिन्न प्राविधिक पक्षमा सुधार गर्दै उच्चस्तरीय र भरपर्दो सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ । २०५५ मङ्सिर ८ देखि सो केबुलकारको व्यावसायिक सेवा सुरु भएको थियो ।
३२ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको थालनी महिलाविरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टर फोर ओमन्स ग्लोबल लिडरसिप (सिडब्लुजिएल) को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो ।
जाजरकोट भूकम्प गएको एक महिना बित्न लाग्दा पनि प्रभावित क्षेत्रका बालबालिकाले पढ्न टहरो पनि पाएका छैनन् । गत कात्तिक १७ गते राति गएको भूकम्पपछि दसैँ, तिहार र छठ पर्वको बिदापछि खुलेका रुकुमपश्चिमका अधिकांश विद्यालयमा अझै पनि सहज रूपमा पठनपाठन हुन सकेको छैन ।
रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउँदै छ । त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । यस सेवाका लागि ११ वटा बस थपिएका छन् । तर यी कामका लागि के कति रकम खर्च भए भन्नेबारे न सडक विभागले भन्छ न त यातायात व्यवस्था विभागले नै ।