नेपाल राष्ट्र बैङ्कले उच्च पदस्थ स्वदेशी तथा विदेशी व्यक्तिको बैङ्क खाता निगरानी गर्न निर्देशन दिएको छ । बैङ्क तथा वित्तीय संस्थालाई दिइएको उक्त निर्देशनमा निगरानीका क्रममा शङ्कास्पद देखिएका ती व्यक्तिको बैङ्क खाताबारे जानकारी राष्ट्र बैङ्कलाई दिनसमेत भनिएको छ ।
चेम्जोङ गाउँका १९ वर्षे किशोर (दुलहा)ले भर्खरै एउटी किशोरीलाई भगाएर लगेको छ । त्यसैले चेम्जोङ गाउँबाट बुढ्यौलीसहित आफन्त शेर्मा गाउँमा आएर चोरको स्वर भन्दै थियो । यो आर्टमान्डु नेपालको प्रस्तुतिमा नयाँ नाटक ‘चोरको स्वर’को एक अंश हो । अनिल सुब्बा र अन्वेश राई थुलुङको निर्देशनमा मञ्चन भएको नाटकले लिम्बू समुदायमा रहेको भागी विवाहको परम्परालाई पेस गरेको छ ।
सिन्धुपाल्चोक समाचारदातासिन्धुपाल्चोक, जेठ २७ गते । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ स्थित जम्बुमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको क्रममा निस्केको ढुङ्गा–माटो भोटेकोसी नदी र बस्तीमा अव्यवस्थित रूपमा फाल्दा स्थानीयवासीलाई समस्या भएको छ । सुरुङ खन्ने क्रममा ब्लास्टिङ गरेर निस्केको ढुङ्गा–माटो नदीमा फाल्दा नदी आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले सास्ती बेहोर्नुपरेको हो । सुरुङमा विस्फोट गर्दा निस्कने रासायनिक पदार्थसमेत मिसिएको ढुङ्गा–माटोेले नदी प्रणाली प्रभावित भएको छ । बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले ब्लास्टिङको रासायनिक दुर्गन्धले जम्बु, बाह्रबिसे, चाकु, लामोसाँघुलगायतका नदी आसपासका स्थानीयवासीमा विभिन्न जटिल रोग देखिन थालेको सुनाउनुभयो । “जथाभावी नफाल्न पहिलेदेखि आग्रह गरिएको छ तर निर्माण कम्पनी र आयोजना पक्षले आग्रह अटेर गर्दै आएका छन्,” उहाँले भन्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, चरीकोट सडक डिभिजन प्रमुख अर्जुन सुवाल, प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवसहित नगरप्रमुख बस्नेत, उपप्रमुख मञ्जु तामाङ, भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङनुर्पु लामा, उपाध्यक्ष दिछेन शेर्पालगायतले प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको थियो । नदी र बस्ती छेउमा जथाभावी फालिएको सामग्री सुरक्षित स्थानमा डम्पिङ गर्न पूर्वमन्त्री बस्नेतले आग्रह गर्नुभएको छ । आयोजनाका जनसम्पर्क व्यक्ति रामकृष्ण अधिकारीले मकिङ डम्पिङका लागि चाकु, जम्बु, चिप्लिङडाँडा, बोर्डरल्यान्ड क्षेत्रमा मन्त्रिपरिषदबाट स्वीकृत गरी सञ्चालनमा ल्याइएको बताउनुभयो । ठेकेदार चिनियाँ कम्पनी ग्वाङ्सी कन्स्ट्रक्सन प्रालिका कामदारले मकिङ तोकिएभन्दा फरक केही स्थानीय व्यक्तिको जग्गामा फालेकोले यस्ता समस्या आएको र यसबारे आयोजनालाई खबर पुगेको उहाँले उल्लेख गर्नुभयो ।
सर्लाहीको बयलवास बजारमा सडकको बीचमा परेका बिजुलीका खम्बा बेलैमा नहटाइँदा जोखिम बढेको छ । निर्माणाधीन फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत केही महिनाअघि व्यक्तिगत घर र अन्य भौतिक संरचना भत्काएर विस्तार गरिएको बयलवास बजार क्षेत्रमा नाङ्गो तारभएका दर्जनौँ बिजुलीका खम्बाबीच सडकमा परेका छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले कोषमा योगदान गरेको परिचयपत्र देखाएर स्वास्थ्य उपचार सेवा लिन सक्नेछन् । कोष र पाटन अस्पतालबीच बिहीबार भएको सम्झौताअनुसार योगदानकर्ताले कोषमा योगदान गरेको परिचयपत्र देखाएर स्वास्थ्य सेवा लिनसक्ने भएका हुन् ।
सामुदायिक विद्यालयमा विद्यार्थी नियमित गराउन सरकारले सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ । विद्यालयमा नियमित दिवा खाजा सुरु भएपछि विद्यार्थीको सङ्ख्या बढेको छ ।
जाजरकोटको जुनिचाँदे– ५ बलेपुइना नजिक जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको र पाँच जना सामान्य भएको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगार विभागले रोजगारीका लागि मलेसिया जाने श्रमिकको अन्तर्वार्तापछि मात्र स्वास्थ्य परीक्षण गराउन निर्देशन दिएको छ । विभागले सबै म्यानपावर तथा स्वास्थ्य परीक्षण गर्ने संस्थालाई मलेसिया रोजगारीका लागि अन्तर्वार्तापछि श्रमिकको छनोट सूची तयार गरेर मात्र स्वास्थ्य परीक्षण गराउन निर्देशन दिएको हो ।
त्रिपुरासुुन्दरी गाउँपालिका वडा नं ५ मा पहिरोले घर पुरिदा एक जना वेपत्ता भएका छन् ।
सप्तरीमा आफ्नै श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उहाँकै श्रीमतीलाई पक्राउ गरेको छ ।
प्रदेश सभामा पेस भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि बिहीबारबाट छलफल आरम्भ भएको छ । सरकारको नीति तथा कार्यक्रमलाई लिएर प्रमुख प्रतिपक्ष दलले खरो आलोचना गरेको छ भने सत्तापक्षका सांसदहरूले बचाउमा उभिएर सुझाव व्यक्त गरेका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मादी गाउँपालिका प्रमुख देवीजङ्ग गुरुङ, रूपा गाउँपालिका प्रमुख नवराज ओझा, माछापुच्छे गाउँपालिका प्रमुख मीनबहादुर गुरुङ तथा उपप्रमुख सीता अधिकारी एवं पोखराका वडाध्यक्षलाई सम्मान गरेको छ ।
रुपन्देहीको सैनामैनामा रहेको लुम्बिनी कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका–६ कलौनी स्थित पुरानो बजार नजिक रहेको लुम्बिनी कपास उद्योगमा बिहानदेखि आगो लागेको हो ।
बिहीबार रातिदेखि नेपालले भारतको खुला बजार ३६४ मेगावाट विद्युत् निर्यात गर्दैछ । यसरी निर्यात हुँदा वर्तमान मूल्य संरचना दैनिक १० करोड रुपियाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिन सक्छ ।
नेपाल टेलिकमले सुरु गरेको नयाँ एपबाट निःशुल्क रूपमा टेलिभिजन हेर्न सकिने भएको छ । टेलिकमले परीक्षणका रूपमा सुरु गरेको ‘एनटीटीभी’ एपमार्फत चौबिसै घण्टा निःशुल्क रूपमा टेलिभिजन हेर्न सकिने भएको हो । टेलिकमको यो एप एन्ड्रोइड र प्ले स्टोर दुवैमा उपलब्ध छ । यो एपमा सम्पूर्ण नेपाली च्यानलसहित ‘फ्री टु एयर’ अन्य टेलिभिजन च्यानल हेर्न सकिनेछ ।