कोकिला ढकाल
इलाम, मङ्सिर १० गते । इलामको देउमाइ नगरपालिकामा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ । देउमाइ नगरपालिका–९ मादेबुङका ४५ वर्षीय खम्बासिंह पिठा कोटे मगरलाई दुई दिन अघि घर नजिकै बारीमा रहेको रुखमा रहेको अरिङ्गालले टोकेको थियो ।
अरिङ्गालले टोकेर घाइते भएका मगलाई उपचारका लागि झापाको विएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा मगरको हिजो बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।