जाजरकोट भूकम्प गएको एक महिना बित्न लाग्दा पनि प्रभावित क्षेत्रका बालबालिकाले पढ्न टहरो पनि पाएका छैनन् । गत कात्तिक १७ गते राति गएको भूकम्पपछि दसैँ, तिहार र छठ पर्वको बिदापछि खुलेका रुकुमपश्चिमका अधिकांश विद्यालयमा अझै पनि सहज रूपमा पठनपाठन हुन सकेको छैन ।
रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउँदै छ । त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । यस सेवाका लागि ११ वटा बस थपिएका छन् । तर यी कामका लागि के कति रकम खर्च भए भन्नेबारे न सडक विभागले भन्छ न त यातायात व्यवस्था विभागले नै ।
मकवानपुरको थाहा नगरमा शनिबारबाट साताव्यापी थाहा फिल्म फेस्टिवल–२०२३ सुरु भएको छ। पर्यटनका लागि फिल्म फेस्टिवल भन्ने नाराका साथ थाहा कला केन्द्रले एक हप्ते थाहा फिल्म फेस्टिवल–२०२३ आयोजना गरेको हो।
ताप्लेजुङमा पाँचजना उत्कृष्ट उद्यमी पुरस्कृत हुनुभएको छ। शनिबार ९ औं उद्योग दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने उद्योगी पुरस्कृत भएका हुन्।
कैलाली प्रहरीले दुई वटा पसलमा छापा मारेर बिना बिलको अवैधसामान बरामद गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिला चलचित्रकर्मीको विकासका लागि राज्यले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ।
उदयपुरमा पिकनिक खान गएको अविभावकसहितको स्कुलको बस दुर्घटनाग्रस्त हुँदा दुई बालबालिकासहित तीन जनाको शनिबार मृत्यु भएको छ। दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति केही तत्त्वले अराजकता मच्चाउने प्रयास गरिरहेको बताउनुभएको छ ।
कोशी प्रदेश सरकारले शनिबार अध्यादेशबाट ल्याएको बजेटमा केही परिमार्जन गरी प्रतिस्थापन विधेयक प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा रहनुभएका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभएको हो।
नेपालगन्ज उपमहानगरपालिका भित्र यात्रु बोक्ने रातो नम्बर प्लेटका इ–रिक्सा मङ्सिर २३ गतेदेखि गुड्न नपाउने भएको छ ।
त्रियुगा नगरपालिका-५ देउरीको अन्नपूर्ण स्कुलको बस आज दिउँसो उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा धार्मिक र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको बताउनुभएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको करादि खोलामा मोटरसाइकल र भारतीय कार ठोकिदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।
दाङमा उद्योग दिवसका अवसरमा उद्यमीलाई आज सम्मान गरिएको छ । यससँगै दिवसको अवसरमा वृक्षारोपण पनि गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले शनिबार पुष्प व्यवसायीलाई सम्मानसँगै कार्यालयको प्राङ्गणमा विभिन्न फूल प्रजातिका बिरुवाहरू वृक्षारोपण गरेर उद्योग दिवस मनाएको हो ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक खुसीराम पाख्रिनको नेपाली क्रान्तिमा सांस्कृतिक योगदान, निष्ठा, त्याग र तपस्या स्मरणयोग्य रहेको बताउनुभएको छ ।