• १३ मंसिर २०८१, बिहिबार

छ लाख बढीको अवैध सामान बरामद

blog

पसलबाट बरामद अवैध सामान । तस्बिर : जिल्ला प्रहरी कार्यालय

अविनाश चौधरी

धनगढी, मङ्सिर ९ गते । कैलाली प्रहरीले दुई वटा पसलमा छापा मारेर बिना बिलको अवैधसामान बरामद गरेको छ । 

प्रहरीले गौरीगंगा नगरपालिका–८ बढैपुरमा रहेको डिल्लीराम आचार्यको म्याक्स जनरल स्टोर र गोविन्द शर्माले सञ्चालन गरेको बेरोजगार किराना पसलबाट छ लाख बढीको अवैध सामान बरामद गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मालाखेती इलाका प्रहरी कार्यालयबाट खटेको प्रहरीको संयुक्त टोलीले उल्लेखित पसलमा खानतलासी गरेको थियो । 

प्रहरीले म्याक्स जनरल स्टोरबाट छ लाख ४१ हजार ९२० र बेरोजगार किराना पसलबाट करिब ४१ लख २०० रुपियाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । प्रहरीले म्याक्स जनरल स्टोरका सञ्चालक डिल्लीराम आचार्यलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मालाखेतीमा पठाएको छ । 

प्रहरीले म्याक्स जनरल स्टोरबाट प्रति बोरा ५० केजी रहेको चिनी ३८ बोरा, आन्टी ६८८ प्याकेट, चावी सुर्ती १५६ प्याकेट, सिस्टम गुट्खा ४३० प्याकेट, पवन सुर्ती ६०० प्याकेट बरामद गरेको छ । यस्तै, सोही पसलबाट बिडी १२०० बन्डल, स्याम्पु १८ पेटी, पानी पुरी ४८ पोका बरामद गरिएको छ । 

यसैगरी, बेराजगार किराना पसलबाट चिनी चार बोरा, बिडी १५० बन्डल, विभिन्न ब्राण्डका सूर्ती ११४ प्याकेट बरामद गरेको जनाइएको छ ।