कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताउनुभएको छ । विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले विशेष परिस्थितिमा नयाँ बजेट आएको स्पष्ट पार्नुभयो ।
वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुग्नुभएको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
डोल्पामा आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु २ त ५९१५ नम्बरको ट्याक्टर मकै लिएर दुनै आउने क्रममा ठुली भेरी नगरपालिका वडा नं ९ स्थित मोतीपुरको चिमा भन्ने ठाउँमा रोकेको अवस्थामा न्युट्राेलमा गई ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु भएको हो ।
द्वितीय विश्वयुद्धमा लडेका एक जापानी सिपाहीले २८ वर्ष गुमनामीको जीवन व्यतीत गरे । उनी सबैको सम्झनाबाट समेत विलिन भइसकेका थिए तर एक दिन आफूले तयार पारेको विचित्रको गुप्त संसारबाट उनी यस संसारमा देखिए, पत्याउनै गाह्रो भयो । कुरा हो ५२ वर्ष पहिलेको । प्रशान्त महासागरमा अवस्थित गुआम टापुमा जनवरीको एक दिन सिकारको खोजीमा भौँतारिरहेका दुई जना सिकारीले दुर्गम जङ्गलको खोलामा हातले बनाइएको झिङ्गेमाछा मार्न जाल लगाउँदै गरेका जङ्गली जस्ता एक मानिस देखे । ती व्यक्तिले झुत्रे लुगा लगाएका थिए, चाउरिएका र दुर्बल देखिन्थे ।
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत मुस्ताङको कागबेनी देखि कोरला खण्डको एक सय ३ किलोमिटर सडक कालोपत्रे गर्न योजना अगाडी बढाइने भएको छ । यो खण्डको सडक स्तरोन्नति सहित ग्राभेल गर्ने काम सकिएको छ । कोरला नाका खुलेका कारण कागबेनी देखि कोरला नाका सम्मको यात्रालाई सहज बनाउन कालोपत्रे योजना अघि बढाइने आयोजनाले जनाएको छ ।
ताप्लेजुङ जिल्लाको तमोर नदीको माथिल्लो भागमा पर्ने ओलाङ्चुङगोला मुख्य बसोबास क्षेत्र भएका वालुङलाई नेपाल सरकारले हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समूहमा सूचीकृत गरेको छ । स्थानीय भाषामा ओलाङ्चुङगोलालाई वालुङ भनिन्छ । ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लुङ्थुङ र लेलेपजस्ता ठूला पाँच गाउँ तथा अन्य ससाना केही गाउँको समूहलाई समग्रमा वालुङ भन्ने गरिन्छ । वालुङलाई होलुङ पनि भनिन्छ । यो उच्चारणको मात्र भिन्नता हो । सहजताका लागि यस क्षेत्रलाई गोला पनि भन्ने गरिएको छ । त्यहाँ बसोबास गर्ने मानिसलाई गोलाबारी पनि भनिन्छ ।
दक्षिण अफ्रिकामा कुनै समय हीरा खानीमा काम गर्ने श्रमिकले हरेक दिन एक्स–रे गराउनु पर्दथ्यो । श्रमिकको स्वास्थ्यको अवस्था जान्न होइन शरीरमा हीरा लुकाएको त छैन भनी पक्कापक्की गर्न प्रत्येक दिन उनीहरूको एक्स–रे गरिन्थ्यो । सन् १९५४ मा दक्षिण अफ्रिकाको किम्बर्लेमा रहेको डी बियर्स हीरा खानीमा काम गर्ने श्रमिकले आफ्नो पालो सकाएर घर फर्कने बेला त्यहीँ रहेका रेडियोलोजिस्टले उनीहरूको एक्स–रे गर्दथे । सानो भन्दा सानो हीरा पनि झुक्याएर खानीबाट बाहिर लैजान नसकियोस् भनेर हरेक श्रमिकलाई एक्स–रेबाट गुज्रनु पर्दथ्यो ।
शनिवार भएको नेपाल–पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली धावकको दबदबा देखिएको छ । चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको प्रतियोगितामा टिम इभेन्टको ४० किलोमिटरमा नेपाली टोली च्याम्पियन बनेको छ ।
चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ ।
बाजुराको बुढीगङ्गा नगरपालिका–२, नडाङ्गका तुलाराम नेपालीको परिवार खुला आकाशमुनि त्रिपालभित्र बास गरेर रात काटिरहनुभएको छ । गत असोज १६ गते गएको भूकम्पका कारण घर भत्किएपछि नेपालीको सात जनाको परिवार खुला आकाशमुनि बास्दै आएको छ ।
प्लास्टिकमुक्त धनगढी उपमहानगरपालिकाकै जाखोर ताल प्लास्टिकले भरिन थालेको छ । प्लास्टिक निषेधित क्षेत्र भनिए पनि तालको यत्रतत्र जथाभावी प्लास्टिकको प्रयोग र उत्सर्जन गरेको देख्न सकिन्छ । यो उपमहानगरपालिकाभित्र प्लास्टिक प्रयोगमा रोक लगाएको दुई वर्ष भइसकेको छ । प्लास्टिकजन्य वस्तुबाट हुने फोहोर र वातावरणीय प्रदूषण रोक्ने उद्देश्यसाथ धनगढी उपमहानगरपालिकाको कार्यालयले २०७९ साल असोज १ गतेबाट नगर क्षेत्रमा प्लास्टिक प्रयोगमा रोक लगाएको थियो तर प्लास्टिक निषेधित यो पालिकाको वडा नम्बर ७ मा रहेको जाखोर ताल प्लास्टिकले कुरूप मात्रै नभई प्रदूषित पनि भइरहेको छ । आन्तरिक पर्यटकका लागि महत्वपूर्ण गन्तव्य जाखोर तालमा रमाउन आउने पर्यटकले नै ताल क्षेत्रलाई प्रदूषित बनाइरहेका छन् । उनीहरूले आफूसँगै ल्याएको प्लास्टिक, पानीको बोतल, जुसका डिब्बा तालमा फाल्ने गरेका छन् ।
बागमती प्रदेश सरकारको गौरवको आयोजना मानवनिर्मित जिरी तालको निर्माण योजना अन्योलमा परेको छ । दुई वर्षअघि प्रदेशको गौरवको आयोजनाका रूपमा ताल निर्माण गर्ने भनिए पनि अहिले ताल निर्माणको काम अन्योलमा परेको हो । डिभिजन सिँचाइ कार्यालय दोलखाले ताल निर्माणका लाागि जग्गाको लगत सङ्कलन गर्ने काम गत वर्ष नै सम्पन गरेको थियो । नापी कार्यालय तथा मालपोत कार्यालय दोलखाबाट आयोजनाको क्षेत्रभित्र पर्ने जग्गाको लगत लिई अध्ययन गर्दा ताल निर्माणका लागि करिब सात सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको डिभिजन सिँचाइ कार्यालय दोलखाका प्रशासन अधिकृत शरद दङ्गालले जानकारी दिनुभयो ।
कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा शनिबारदेखि बिटुमिन बिछ्याउन सुरु गरिएको हो ।
सिन्धुपाल्चोकमा पुनर्निर्माणमा रहेका सात वटा गुम्बाको निर्माण कार्य सुस्त रहेको छ । २०७२ सालको भूकम्पले ध्वस्त भएका यस जिल्लाका सात वटा गुम्बाको पुनर्निर्माणको गति सुस्त हुँदा सम्पन्न हुनुपर्ने समय लम्बिएको छ । भारत सरकारको सहयोगमा यस जिल्लाका पाँच वटा गुम्बा निर्माणाधीन अवस्थामा रहे पनि प्राकृतिक र मानव सिर्जित समस्याका कारण निर्माण कार्य ढिला भएको हो । हेलम्बु गाउँपालिकामा मात्रै चार वटा गुम्बाको पुनर्निर्माण कार्य ढिलाइ हँुदा बजेटसमेत प्रभावित भएको छ ।