पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।
हमास र इजरायलबीचको मानवीय युद्धविराम लागू भएपछि लेबनानको दक्षिणी सीमा क्षेत्रमा अनिश्चितकालीन शान्ति फर्किएको छ ।
पुनर्निर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ सर्वसाधारणका लागि कहिले खुला गर्ने विषय अझै अन्योल नै छ ।
छिमेकी उत्तर कोरियाको आणविक हतियार र मिसाइल कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले आइतबार पदबाट राजीनामा दिएको योन्हाप समाचार एजेन्सीले बताएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन् राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म विकास निर्माणका साथै महिला सशक्तीकरण र अधिकारका क्षेत्रमा बजेट विनियोजन गरिने बताउनुभएको छ ।
सत्यवती गाउँपालिकाले मङ्सिर ११ गते सोमबार सार्वजनिक बिदा दिएको छ । सत्यवतीमा मेला लाग्ने भएकाले मेला हेर्नका लागि सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनुभयो ।
साहित्यकार विनोद नेपालको नियात्रा सङ्ग्रह ‘ससुरालीदेखि सुस्तासम्म’ विमोचन गरिएको छ । नेपालको नियात्रा सङ्ग्रह वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले विमोचन गर्नुभयो ।
दोलखाको तामाकोशी गाउँपालिका–३ छौडेमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । पछिल्लो समय आँखासम्बन्धी विभिन्न समस्या र रोग देखा पर्न थालेपछि यसको न्यूनीकरणका लागि गाउँपालिकाको आयोजनामा गाउँमा निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
म्यान्माको एउटा जातीय अल्पसङ्ख्यक सशस्त्र समूहले मुलुकको सत्तारूढ दल जुन्ताबाट चीनतर्फ जाने एउटा आकर्षक सीमामाथि नियन्त्रण हासिल गरेको स्थानीय मिडिया र सुरक्षा स्रोतले आइतबार बताएका छन् ।
साविक विजेता बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग उसैको मैदानमा १–१ गोलको बराबरमिा रोकियो ।
बेमौसमी तरकारी उत्पादन गरेर आयआर्जनमा वृद्धि गर्न ती सामग्री सहयोग गरिएको हो ।
चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व सङ्कलन गरेको छ । १० अर्ब ८० करोड ७८ लाख २० हजार वार्षिक लक्ष्यमा साउन, भदौ, असोज र कात्तिक गरी चार महिनामा दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार ७२९ रुपियाँ राजस्व सङ्कलन भएको राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो ।
बर्दियाको राजापुर नगरपालिकाका २० जना द्वन्द्वपीडित महिला जीविकोपार्जनका लागि अहिले पशुपालनमा व्यस्त रहेका छन् ।
सहिदहरूको सम्झनामा रामपुर नगरपालिका–५, पाल्पामा सहिद गेट निर्माण गरिएको छ । १० वर्षे जनयुद्ध र जनआन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका सहिदहरूको सम्झनामा गेट निर्माण गरिएको हो ।