महोत्तरी जिल्लाको हलखोरीबाट प्रहरीले एक जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ ।
पाल्पामा माछा मार्ने क्रममा खोलामा डुबेर एक जना युवक वेपत्ता भएका छन् ।
नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीमा बाहिरबाट पशुवस्तु लैजान रोक लगाइएको छ ।
सन् २०२४ को टी–२० विश्वकपका लागि एसिया क्षेत्रको छनोट खेल नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १ खेखि १० तारिखसम्म त्रिवि मैदान कीर्तिपुर र मुलपानी मैदानमा छनोट खेल सञ्चालनका लागि अधिकार पाएको छ ।
वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन्।
स्पेनिस ला लिगा फुटबलको उपाधि दावेदार रियल म्याड्रिडले गेटाफेमाथि कठिन जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले गेटाफेलाई १-० गोलले हरायो ।
अर्गानिक मह भन्दै घर–घरमा बेच्दै हिड्ने तर बुटवलमै घर भाडा लिएर नक्कली मह उत्पादन गर्ने सात जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका –११ सिर्जनानगरमा चार वटा घर भाडामा लिई नक्कली महको कारखाना खोलको प्रहरीले जनाएको छ ।
फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एसी एजासियोमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले एजासियोलाई ५-० गोलले हरायो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई खोप लगाउन आग्रह गर्नुभएको छ ।
वलिउड अभिनेत्री परिणीति चोपडा र आम आदमी पार्टी (आप) का नेता राघव चड्ढाबीच इन्गेजमेन्ट भएको छ ।
महर्षि धनञ्जयको बारेमा थप अध्ययन तथा खोज गरिने भएको छ । राजधानीमा आयोजित धनञ्जय गोत्रीहरुको भेलाले नौ बुँदे घोषणापत्र जारी गर्दै सो कुरा जनाएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद् आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक समृद्धिका लागि सुशासन अनिवार्य रहेको बताउनुभएको छ । दुर्लुङ समाज पोखराको दोस्रो साधारण सभा तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग कालीकोटका गाउँहरूमा फैलिन सुरु भएको छ । जिल्लाको रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका र सान्नित्रिवेणी गाउँपालिकाका पुशमा लम्पी स्किन रोग फैलिएको छ । हावाको माध्यम र विरामी पुशहरुको लसपसबाट माहामारीका रुपमै फैलिएको यो रोगबाट जिल्लामा छोटो समयमै १० देखि १५ वटा गाई गोरु मरिसकेका छन् ।
धनकुटाको चौविसे गाउँपालिका ५ बोधेस्थित जङ्गलमा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।