• ९ असार २०८१, आइतबार

ताप्लेजुङमा उद्यमी पुरस्कृत

blog

उद्योग दिवसका अवसरमा पुरस्कृत उद्यमीलगायत।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर ९ गते। ताप्लेजुङमा पाँचजना उत्कृष्ट उद्यमी पुरस्कृत हुनुभएको छ। शनिबार ९ औं उद्योग दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने उद्योगी पुरस्कृत भएका हुन्। 

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साइँका अनुसार पुरस्कृत हुनेमा पाथीभरा हर्वल अगरबत्ती उद्योगका सञ्चालक माया सुवेदी (भट्टराई), गोरुजुरे हाते कागज उद्योगका सञ्चालक टीकाकुमारी लिम्बू र युसन पशु तथा कृषि फर्मका सञ्चालक योगेश गुरुङ रहनुभएको छ।

यस्तै साहना सिलाई कटाई सेन्टरकी सञ्चालक प्रेमकुमारी दर्जी र रबी पर्वत खुकुरी उद्योगका सञ्चालक चङ्खबहादुर कामी पुरस्कृत हुनुभएको छ। पुरस्कृत उद्यमीहरुलाई जनही चार हजार रुपियाँ नगद पुरस्कारसहित सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नवीन भट्टराईले जानकारी दिनुभयो।

त्यस्तै गत आर्थिक वर्षमा प्रदेश सरकारबाट पुरस्कृत महिला उद्यमीद्वय मात्रिकादेवी प्रसाईं र बचनकुमारी लिम्बूलाई पनि उद्योग कार्यालयले सम्मान गरेको छ। उहाँहरुलाई कदरपत्रका साथ सम्मान गरिएको उद्योग कार्यालयले जनाएको छ। 

उद्योग दिवसको अवसरमा उद्योग प्रवद्र्धन विषयमा उद्योगी–सरोकारवालाबीच अन्तक्र्रिया पनि आयोजना गरिएको कार्यालयका सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो। अन्तक्र्रियामा सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराई, ताप्लेजुङ उद्योग बाणिज्य सङ्घका महासचिव कमल लिम्बू, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष राजेन्द्र भारती लगायतले आफ्नो धारण राख्नुभएको थियो।