• २८ वैशाख २०८२, आइतबार

जुँवाको खालबाट च्याखे नथाप्न राजावादीलाई महामन्त्री थापाको चेतावनी

blog

सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापा।तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, मंसिर ९ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजावादीलाई जुँवाको खालबाट च्याखे नथाप्न चेतावनी दिनुभएको छ।

शनिबार नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले राजावादीलाई जुँवाको खालबाट नभएर सिधै आउन चेतावनी दिनुभएको छ।आँट भए निर्वाचनको माध्यमबाट बहुमत ल्याएर आउन र कांग्रेस एक्लै भिड्न तयार रहेको उहाँले राजावादीलाई चेतावनीसमेत दिनुभयो ।

वर्तमान व्यवस्था उल्ट्याउने कसैले सपना देखेको भए त्यो सम्भावना नरहेको थापाले बताउनुभयो।नेपाली कांग्रेसले शान्ति र संविधानको अगुवाइ गरेको भन्दै कांग्रेसलाई पछाडि हट्ने छुट नभएको बताउनुभयो।

एक फरक प्रसङ्गमा थापाले गुल्मीका उम्मेदवार गुल्मीबाटै टुङ्गो लगाउनु पर्नेमा जोड दिनुभयो।उम्मेदवार छान्दा केन्द्रबाट नभई स्थानीय स्तरबाट टुङ्गो लगाउने गरी व्यवस्था राख्ने थापाको भनाइ छ।

विदेशमा ६ महिनामा निर्माण हुने विकासका काम यहाँ ६ वर्षमा पनि विकास निर्माणले गति लिन नसकेको बताउनुभयो।नेपाली कांग्रेस गुल्मीको दुई दिनसम्म चल्ने सम्मेलन गुल्मी घोषणापत्र जारी गर्दै आइतबार सकिनेछ।